रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा युभेन्टसले जित हात पार्यो

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २६ चैत्र २०७७, बिहीबार खेल

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा इटालियन सिरी ए मा युभेन्टसले जित हात पारेको छ ।

बुधबार राति सम्पन्न खेलमा युभेन्टसले क्रिस्टियानो रोनाल्डो र पाउलो डिबालाको गोलमा नापोलीलाई २-१ गोलले पराजित गरेको हो ।

युभेन्टसका लागि रोनाल्डोले खेलको १३औँ मिनेटमा नै गोल गर्दै शुरुवाती अग्रता दिलाएमा ७३औँ मिनेटमा डिबालाले गरेको गोल निर्णायक भयो ।

नापोलीका लागि भने लोरेन्जो इनसाइनले खेलको ९०औँ मिनेटमा पेनाल्टीबाट गोल गर्दै एक गोल फर्काए ।

जितसँगै युभेन्टस सिरी ए को तेस्रो स्थानमा उक्लिएको छ । युभेन्टसको २९ खेलमा ५९ अंक भएको छ । पराजित नापोली २९ खेलमा ५६ अंकसहित पाँचौँ स्थानमा छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार