समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ चैत्र २०७७, बुधबार विश्व

काठमाडौँ । इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत आएका छन ।

लेबनानलाई समर्थन देखाउन उहाँ बुधबार बेरुत आएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको छ ।

इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, “लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उहाँ जानुभएको हो ।”

बाब्डा प्यालेसमा औनसँग शौक्रीको भेटवार्ता भएपछि इजिप्टको तर्फबाट यस्तो वक्तव्य आएकोले यसलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

लेबनानले भोगिरहेका विभिन्न समस्याहरु समाधान गर्न इजिप्टको तर्फबाट हुनसक्ने सहयोग र खेल्नुपर्ने भूमिकाका बारेमा उहाँहरुका बीचमा छलफल भएको जनाइएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार