नेकपा (माओवादी केन्द्र) का दुई मन्त्रीद्वारा राजीनामा

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २५ चैत्र २०७७, बुधबार गण्डकी प्रदेश

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) बाट गण्डकी प्रदेश सरकारमा सहभागी दुवैजना मन्त्रीले पदबाट राजीनामा दिएका छन । माओवादी केन्द्रबाट गण्डकी प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापाले प्रतिनिधित्व गरेको थियो ।

गण्डकी प्रदेशसभाको सातौँ अधिवेशनअन्तर्गत आजको पहिलो बैठकमा माओवादी केन्द्र संसदीय दलका तर्फबाट मन्त्री चुमानले पार्टी संसदीय दलको निर्णयानुसार आजै प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई राजीनामा बुझाएको जानकारी दिए । पार्टी दुई भइसकेको अवस्थामा पछिल्ला समयमा भइरहेका गतिविधिलाई सरकारभित्र रहेर विरोध गर्न नैतिक प्रश्न उठ्ने अवस्थासमेत रहेकाले सरकारबाट बाहिरिने निर्णयमा पुगेको उनले स्पष्ट पारे ।

नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षको जगमा सङ्घीयता, धर्म निरपेक्षता, समावेसी समानुपातिक प्रतिनिधित्व जस्ता धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको बताउँदै चुमानले यसको कार्यान्वयनका लागि आफूहरू निरन्तर क्रियाशील बनेको बताए । सरकारमा रहँदा संविधानको कार्यान्वयनका लागि हरतरहले क्रियाशील बनेको उल्लेख गर्दै उनले आन्तरिक मामिला तथा कानूनमन्त्रीको जिम्मेवारी लिने क्रममा ४६ वटा संशोधनसहितका कानून निर्माणलगायतका महत्वपूर्ण उपलब्धि हासिल भएको जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार