काभ्रे । जिल्लाको तेमाल गाउँपालिका वडा नं.- २ स्थित सर्वोद्धार माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा पुनः पदम बहादुर तामाङ नै सर्वसम्मत चयन भएका छन ।
अघिल्लो कार्यकालमा निष्पक्ष ढंगले कार्यसम्पादन गरेको देखि विभिन्न दाताहरु मार्फत ठुलो पूँजी विद्यालयमा भित्र्याएर त्यहाँको भौतिक संरचना निर्माणको काममा सफल भएको कारण तामाङलाई पुनः व्यवस्थापन समितिको अध्यक्षमा दोहोराउन त्यहाँका स्थानीयले अवाज उठाएपछि तामाङ पुनः अध्यक्ष चयन भएका हुन ।
तेमाल गाउँपालिकाले एक पत्र लेख्दै तामाङलाई अध्यक्षमा मनोनयन गरेको जानकारी गराएका छन् । अध्यक्ष संगै सदस्यहरु डिल्ली मान तामाङ,श्याम तामाङ ,पुणी माया तामाङ, सबित्री आले मगर ,शान्ति माया तामाङ ,प्रकाश तामाङ, भिम लाल तामाङ ,सदस्य सचिवमा ग्यान्जा तामाङ मनोनीत भएका छन् ।