अब जनयुद्ध र जनआन्दोलनमा लागेकालाई अगाडि बढाउँछु : प्रचण्ड

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार मुख्य नेटवर्क

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा लागेकाहरुलाई अगािड बढाउने बताएका छन् । रुकुम पश्चिममा आयोजित कार्यक्रममा बोल्दै उनले भने, ‘मलाई गद्दार भन्ने, २०७० को चुनावमा बम हान्नेहरुलाई मैले गृहमन्त्री बनाएँ, स्थायी कमिटीमा लगेँ । शायद मैले गल्ती गरेँ ।’

‘मैले तपाईंहरुलाई नै अगाडि बढाइराख्नुपर्थ्यो, नियुक्ति, पार्टीको पदहरुमा पदोन्नती गर्नुपर्थ्यो’ उनले अघि भने, ‘ गल्ती भयो । साझा सिधा, शहीद तथा घाइतेका परिवार ओझेलमा परे जस्तो, जाली पटाहबाट हेडक्र्वाटर घेरिए जस्तो भयो ।’

यद्यपि आफूले कहिल्यै देश र जताको हितमा दायाँबायाँ नगरेको उनले दाबी छ । सम्बोधनका क्रममा प्रचण्डले अब जनयुद्ध र जनआन्दोलनमा इमान्दारिताका साथ लागेका नेता कार्यकर्तालाई अगाडि बढाउने प्रतिवद्धतासमेत जनाए ।

प्रचण्ड अब कमजोर भए भन्न थालेको बेला रुकमका जनताबाट आफूले उर्जा पाएको उनले सुनाए । उनले अघि भने, ‘मसँग मेरो पार्टी छ, नेता कार्यकर्ता छन् र क्रान्तिकारी जनताको कहिल्यै नटुंगिने साथ छ । सिंहदरबारमा बसेर प्रतिगमन गर्न चाहने सरकारलाई म खबरदार भन्न चाहन्छु ।’

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार