लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि २४ चैत्र २०७७, मंगलवार लुम्बिनी

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ ।

मंगलबार बसेको प्रदेशसभाको बैठकमा सभामुख पूर्णबहादुर घर्तिले सभा अन्त्य सम्बन्धी प्रदेश प्रमुख धर्मनाथ यादवको पत्र सभामा पढेर सुनाएको थियो ।

सभा अन्त्य गर्न सोमबारको मन्त्री परिषद्को बैठकले सिफारिस गरेको थियो । पछिल्लो समय नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी जसपा मिलेर एमाले नेतृत्वको सरकार ढाल्ने तयारी रहेको चर्चा चलेको छ । यही बीच प्रदेश सरकारले अधिवेशन अन्त्य गरेको हो । चैत १८ गतेबाट सुरू भएको सातौं अधिवेशन पांचवटा बैठक बसेर अन्त्य भएको सभामुख घर्तिले बताए ।

त्यसअघि बैठकमा कांग्रेस र माओवादीका प्रदेशसभा सदस्यले आफुमाथिको अविश्वासको प्रस्ताव छल्न मुख्यमन्त्रीले संसदको अधिवेशन अन्त्य गरेको आरोप लगाएका थिए । त्यस्तै उनीहरुले मुख्यमन्त्रीले नै प्रदेशसभालाई कमजोर बनाउन खोजेको आरोप लगाए ।

बैठकमा नेकपा माओवादी केन्द्रको संसदीय दलको चैत १३ गतेको निर्णय अनुसार दल परित्याग गरेका रूपन्देहीको निर्वाचन क्षेत्र नं १ ख का दधिराम न्यौपाने र गुल्मीको निर्वाचन क्षेत्र नं २ ख का दिनेश पन्थीको पद रिक्त भएको जानकारी गराइएको थियो ।

दुवै प्रदेशसभा सदस्यले माओवादी परित्याग गरी प्रधानमन्त्री केपी ओली नेतृत्वको पार्टीमा केन्द्रीय सदस्य बनेका छन् । दुई प्रदेशसभा सदस्य कारबाहीमा परेसँगै लुम्बिनी प्रदेशसभामा अब प्रदेशसभा सदस्यको संख्या ८५ भएको छ । माओवादी केन्द्रका २० सांसदबाट १८ जना भएका छन् ।

 

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार