कोदोको रक्सीलाई ब्राण्डिङ गर्न कानूनी र व्यावहारिक पक्षको अध्ययन गरी लागू गर्छौ : मन्त्री राई

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १८ चैत्र २०७७, बुधबार १ नं. प्रदेश

काठमाडौँ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री उषाकला राईले हरेक अस्पतालमा स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन र समग्र सरसफाइलाई प्राथमिकतामा राखिने बताए ।

उनले आज मन्त्रालयमा आयोजित सञ्चारकर्मीसँगको भेटघाट कार्यक्रममा उनले सङ्घीय सरकारबाट प्राप्त कोभिड–१९ को खोप प्राथमिकताका आधारमा लगाउने कार्यकमलाई निरन्तरता दिनेछ भने । मन्त्री राईले प्रदेश मातहतका सम्पूर्ण अस्पताललाई कम्तीमा ५० श्ययामा सत्तरोन्नति गरी दरबन्दी संरचना थप गरिने उल्लेख गर्दै शिक्षामा सरकारले गरेको लगानीअनुसारको परिणाम प्राप्त गर्न विज्ञको अध्ययन टोलीले सिफारिस गरेअनुसार गर्नुपर्ने कामको शुरुआत गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उनले महिला, बालबालिका, अपाङ्गता भएका व्यक्ति तथा ज्येष्ठ नागरिकका अधिकारमा विशेष ध्यान दिने भन्दै युवा खेलकूद, भाषा संस्कृति, श्रम तथा रोजगारका क्षेत्रमा पनि प्राथमिकता दिने बताए । आवश्यकताअनुसारको कानून निर्माणमा जोड दिने बताउँदै उनले ‘ब्याण्ड भर्सेस ब्राण्ड’ को अवधारणाअनुसार नेपाली कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यको बारेमा कानूनी र व्यावहारिक पक्षको अध्ययन गरी लागू गरिने जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार