अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा

उज्यालो प्रतिनिधि १४ चैत्र २०७७, शनिबार किताव

काठमाडौँ । बौद्ध साहित्यमा महत्वपूर्ण धार्मिक दस्तावेजका रुपमा मानिएको अष्टसहस्रिका प्रज्ञा पारमिता नेपाली भाषामा बजारमा आएको छ । बुद्ध वचन अनुवाद समिति नेपालद्वारा प्रकाशित सो कृति भोट भाषाबाट नेपालीमा अनुवाद गरिएको छ ।

यसमा वैदिक दर्शन र बौद्ध दर्शनबीचको निकट सम्बन्धलाई देखाइएको छ । साहित्यमा आत्म, अनात्मा र शून्यता विषयको दार्शनिक पक्षलाई समेटिएको छ । विभिन्न गुम्बाका प्रमुख लामा, धर्मगुरु, सङ्घसंथाका प्रतिनिधिलगायतको उपस्थितिमा बौद्धस्थित होटल हार्मिकामा आज आयोजित कार्यक्रममा विमोचन गरिएको कृतिमा शाक्यमुनि बुद्धले दिएको ज्ञानलाई बोध गरी दुःखबाट मुक्ति प्राप्त गर्ने उपाय कौशलका रुपमा प्रज्ञा पारमितालाई लिइएको छ ।

करीब तीन वर्षदेखि प्रज्ञा पारमिताको अनुवाद शुरू गरेको उक्त दस्तावेज ४०७ पृष्ठमा छ । विभिन्न सङ्घसंस्थाको शुभकामनाका साथै धार्मिक ज्ञानसम्बन्धी ३२ विषयलाई लिपिबद्ध गरिएको छ । कृतिमा आठ हजार पङ्क्ति रहेकाले त्यसलाई संस्कृत भाषाबाट अष्टसहस्रिका प्रज्ञा पारमिता भनिएको हो ।

समितिका अध्यक्ष एवं बौद्ध विद्धान टीका शेर्पाले भोट भाषाबाट नेपाली भाषामा रूपान्तरण गर्ने कार्य चुनौतिपूर्ण रहेको भए पनि बौद्ध साहित्य तथा दर्शनलाई सरलरुपमा बुझाउन अनुवाद गरिएको बताए । समितिले २५ हजार पङ्क्तिको पञ्चबिसंती र एक लाख पङ्क्तिको सतसहस्रिका प्रज्ञा पारमितासमेत अनुवाद गरिरहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार