‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को लोकार्पण

उज्यालो प्रतिनिधि १४ चैत्र २०७७, शनिबार किताव

काठमाडौँ । भाषाविद् चुडामणि रेग्मीको ‘चूडामणि रेग्मी ग्रन्थावली–३ घुम्टीखोली’को आज लोकर्पण गरिएको छ । विर्तामोडमा भएको कार्यक्रममा साहित्यकार सरोज ओलीले सोको लोकार्पण गरेको हो । साहित्यका विविध विधामा कलम चलाउन सक्षम रेग्मीले समालोचनामा आलोचनात्मक शैलीको प्रस्तुति नगरेकै कारण सबैलाई सँगसँगै लिएर हिँड्ने साहित्य क्षेत्रको पाठशाला भएको उनको भनाइ थियो ।

साहित्यकार होम सुवेदी, पुण्यप्रसाद खरेल र हरिनारायण भट्टराईले सम्पादन गरेको कृतिका बारेमा सम्पादकद्वय होम सुवेदी र पुण्यप्रसाद खरेलले धारणा राखेको थियो । कार्यक्रममा स्रष्टा रेग्मीले ग्रन्थावली निकाल्ने आफ्नो इच्छा पूरा गरिएकामा प्रकाशक तथा सम्पादन मण्डललाई धन्यवाद दिँदै बुढ्यौलीका कारण अब कृति प्रकाशनमा ल्याउन कठिन हुने धारणा व्यक्त गरे ।

रेग्मीको लोकार्पित पछिल्लो ग्रन्थावली आफ्नो ८४औँ जन्मोत्सवका रुपमा आएको लेखक्यौलीमा उल्लेख गरिएको छ । दुई सय ३२ पृष्ठ लामो ग्रन्थावली भाग–३ को प्रकाशन जयेन्द्रप्रसाद प्रसाईँ साहित्य सेवा कोषले गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार