सर्लाहीका किसानले पायो गोलभेँडाले उचित मूल्य

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ चैत्र २०७७, बुधबार २ नं. प्रदेश

सर्लाही । जिल्लाका किसानले उत्पादन गरेको गोलभेँडाले सिजनको अन्तमा मूल्य पाएको छ । केही हप्तादेखि अचानक मूल्यमा ओरालो लागेको गोलभेँडाले सिजनको अन्त्यमा फेरि भाउ पाएको भन्दै जिल्लाका तरकारी उत्पादक किसान खुशी भएका छन् ।

जिल्लाको लालबन्दी नगरपालिका–७ मा रहेको लालबन्दी तरकारी बजारमा स्थानीय जातको गोलभेँडा प्रतिक्रेट रु २५० देखि रु ३०० र उन्नत जातको गोलभेँडा रु ४०० मा बिक्री भइरहेको कृषि बजार व्यवस्थापन समिति लालबन्दीका अध्यक्ष रामदरेश चौधरीले बताए । “केही दिन अगाडि सोही बजारमा प्रतिक्रेट रु १५० देखि रु २००मा गोलभेँडा बिक्री भइरहेको भए पनि सिजनको अन्त्यमा गोलभेँडाको बजार मूल्य अकाशिएको”, कृषि बजार व्यवस्थापन समिति लालबन्दीका व्यवस्थापक शम्भु घिमिरेले बताए ।

गोलभेँडाको मूल्य बढेपछि तरकारी उत्पादक किसान खुशी भएका छन् । गोलभेँडाको मूल्य घटेपछि आफ्नो लगानीसमेत नउठ्ने चिन्तामा परेका यस क्षेत्रका किसान यामको अन्त्यमा भए पनि गोलभेँडाको मूल्य बढेपछि दङ्ग परेका छन् ।

यामको शुरुआतमा किसानले प्रतिक्रेट रु एक हजारसम्म गोलभेँडाको मूल्य पाएका थिए । त्यसपछि विस्तारै भाउ घट्दै गएको व्यवस्थापक घिमिरेले बताए ।

जिल्लाको लालबन्दी, हरिपुर, बयलवास र हरिवन नगरपालिकाका स्थानीयवासी तरकारी उत्पादक किसानले व्यावसायिक रुपमा गोलभेँडाको खेती गर्ने गरेका छन् । यहाँबाट उत्पादन भएका गोलभेँडा काठमाडौँ, पोखरा, विराटनगरलगायत देशका विभिन्न ठूला शहरको साथै छिमेकी देश भारतको सीतामाढीसम्म निर्यात हुँदै आएको घिमिरेले बताएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार