के पहिलो पटकको यौन सम्पर्कको दौरानमा सबै महिलाहरूको रगत आउँछ ?

काठमाडौँ ।  सबै महिलाहरूको आफ्नो पहिलो पटकको यौन सम्पर्कपछि रगत आउँदैन ।
योनीमा लिङ्गप्रवेशको समयमा योनिच्छद फुटेको कारणले रगत आउँछ। हामी सामान्यतः यसलाई “खोल्नु” भन्ने गर्छौ। यो सामान्य हो र सामान्यतः निको हुन्छ।
केही केटीहरूको जन्मदाको समयमा योनिच्छद हुँदैन वा विभिन्न खेलकूदमा संलग्न हुँदा योनिच्छद फुटि सकेको हुन सक्छ ।  त्यस कारणले रगत नआउने हुन सक्छ।
आफ्नो पहिलो यौन सम्पर्कमा सबै महिलाहरूलाई असह्य पिडा हुन्छ भन्ने कुरा सत्य हो?
यो व्यक्ति व्यक्तिहरूको बीचमा फरक हुन्छ। एउटा सानो अंशको महिलाहरूले मात्र आफ्नो पहिलो यौन सम्पर्कमा असह्य पिडा भएको जनाएका छन्। बाँकी महिलाहरूले हल्का सहन सकिने खालको पिडा भएको वा पिडा नै नभएको अनुभव भएको जनाएका छन्।
यौन अङ्गहरूमा चिप्लो पदार्थ प्रयोग गर्नाले यौन सम्पर्कसँग सम्बन्धित रहेको असजिलोपनबाट आराम पाउन सकिन्छ; यद्यपि यदि तपाईँले असह्य पिडा अनुभव गर्नु भयो भने वा यौन सम्पर्कको दौरानमा वा यौन सम्पर्क गरे पछि धेरै वा लगातार रगत बगेमा कृपया चाँडो गरेर चिकित्सकको सल्लाह लिनुहोस् । familyhealthservice
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार