ओलीलाई नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु हो : नेता पौडेल

उज्यालो प्रतिनिधि ७ चैत्र २०७७, शनिबार समाचार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी शर्मा ओलीलाई सरकारको नेतृत्व गर्न दिइरहनु भनेको मुलुकलाई बर्बादीतिर धकेल्नु मात्र हुने भन्दै संसद विघटन गर्नेलाई एक दिन पनि सत्ता सम्हाल्न दिन नहुने बताएका छन ।

शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले अरु दललाई अघि सारेर भएपनि वर्तमान प्रधानमन्त्रीलाई पदबाट हटाउनुपर्ने बताए ।

राजनीतिक अन्यौलता भएको भन्दै उहाले अन्यौलता लाई अन्त्य गर्न नेपाली कांग्रेसले सबै पार्टीलाई मिलाएर निकास निकाल्नुपर्ने जिकिर गरे ।

उनले देशलाई ठिक दिशा दिने हैसियत कांग्रेसले राख्नुपर्ने धारणा राखे । उनले नेपाली कांग्रेसले चुनावको पक्षमा वकालत गर्नु नहुने धारणा पनि राखे ।

पौडेलले संविधान बचाउने सरकार ल्याउन र व्यवस्था बचाउने शक्ति यही संसदभित्र निर्माण गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने बताए ।

उनले अहिलेको प्रणालीको रक्षा गर्न र संसदको रक्षा गर्न पनि कांग्रेसले अग्रसरता लिने बेला आएको जिकिर गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार