ओलीसँग छुट्टिने पक्षमा छैन : नेता नेपाल

उज्यालो प्रतिनिधि ७ चैत्र २०७७, शनिबार समाचार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका छन ।

शनिबार काठमाडौंको सभागृहमा आफू पक्षीय युवा संघ नेपालको कार्यकर्ता भेलामा बोल्दै नेता नेपालले केपी ओलीसँको आफ्नो मायाप्रेम ४८–४९ वर्ष लामो रहेको टिप्पणी गर्दै ओलीसँग छुट्टिने पक्षमा नरहेको बताएका हुन । नेता नेपालले केपी ओलीले पार्टीमा बैठकको सामना गर्नै नचाहेकाले समस्या पैदा भएको बताए ।

त्यस्तै उहाले पार्टीको पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरोदेखि केन्द्रीय कमिटीसम्म आफूहरुको बहुमत रहेको दावी गरे ।

आफू अल्पमतमा पर्ने भएपछि कसैलाई सूचना नै नदिएर ओलीले बालुवाटारमा केन्द्रीय कमिटीको बैठक राखेर रातारात २३ जना केन्द्रीय सदस्य थपेको नेपालले आरोप लगााए । उनले आफुहरुको संघर्ष पदका लागि नभएको तर्क गरे । उनले आफु संसदीय दलको बोर्डमा नवस्ने घोषणा समेत गरे ।

वरिष्ठ नेता नेपालले नेकपाको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्दै अदालतको फैसला गलत भएपनि बाध्य भएर लागु गर्नु परेको जिकिर गरे । एमाले अध्यक्ष ओलीले गत फागुन २८ गते केन्द्रीय कमिटी र विभागहरूमा हेरफेर गरी नेपाल–खनाल समूहका नेताहरूलाई कारबाही गरेपछि सो समूहले पनि छुट्टै भेला र समानान्तर कमिटी गठन गर्दै आएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार