राष्ट्रिय नागरिक आन्दोलनले चैत्र ७ गते जनप्रदर्शन र राष्ट्रिय झण्डा –याली गर्ने

उज्यालो प्रतिनिधि ५ चैत्र २०७७, बिहीबार समाचार

 

काठमाडौँ । हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापनको माग राखेर आन्दोलनरत संयुक्त राष्ट्रिय नागरिक आन्दोलनले जनप्रदर्शन र राष्ट्रिय झण्डा –याली गर्ने भएको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संयुक्त राष्ट्रिय नागरिक आन्दोलन समितिले २०४७ सालको संबिधान लागु गर्न माग गर्दै चैत्र ७ गते विहान साँढे ११ बजे माइतिघर मण्डलामा बिशाल जनप्रदर्शन र झण्डा –याली गर्ने जानकारी दिएको हो । संयुक्त राष्ट्रिय नागरिक आन्दोलनका संयोजक शेखरजंग रायमाझीले सबै नेपाली जनता राष्ट्रिय झण्डामा गोलबद्व हुन आवश्यक भएको भन्दै २०४७ सालको संविधान नै मुलुकको लागि हितकर भएको बताए । उनले अहिलेको संविधानले राष्ट्रिय आम्दानीले धान्न नसक्ने फजुल खर्च बढाउँदै गएकोमा चिन्ता व्यक्त गर्नुभयो । रायमाझीले नेपाली जनतालाई अत्यधिक करको चाप र भयानक बैदेशिक ऋणको भार थोपार्दै मुलुक असफलता तर्फ डोर्याएको आरोप लगाए ।

कार्यक्रममा शिवसेनाका सह अध्यक्ष दिनेश कडेल, श्रीराम कडेल, तारानाथ लुइटेल, रमेश खडकी, निरा रञ्जीत, सुरेन्द्र यादव, मनिराज सत्याल, शंकर थापा लगायतको उपस्थिति रहेको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार