ओलीले आज आह्वान गरेको संसदीय दलको बैठकमा नेपाल पक्षका सांसदहरु सहभागी नहुने

उज्यालो प्रतिनिधि ५ चैत्र २०७७, बिहीबार समाचार

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बिहीबार आह्वान गरेको संसदीय दलको बैठकमा एमालेका माधव नेपाल पक्षका सांसदहरु सहभागी नहुने भएका छन् ।

राजधानीमा राष्ट्रिय कार्यकर्ता भेला जारी रहेकाले संसदीय दलको बैठकमा सहभागी हुन नसक्ने सो पक्षले जनाएको छ ।

राष्ट्रिय भेलाको पहिलो दिनको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा सोपक्षका प्रचार विभाग प्रमुख योगेश भट्टराईले बिहीबार डाकिएको संसदीय दल र चैत ७ मा डाकिएको केन्द्रीय कमिटी बैठकमा आफूहरुको सहभागिता नहुने जानकारी दिए

त्यस्तै चैत ७ गते ओलीले गुट भेला मात्रै गर्न लागेको उनले बताए । सर्वोच्च अदालतको आदेशअनुसार एमालेलाई संगठन र विचारका रुपमा २ जेठ २०७५ मा फर्काउन तयार भएपछि मात्र केन्द्रीय कमिटीको बैठकमा जाने भट्टराईले बताए । त्यस्तै उनले आफूहरुको उद्धेश्य विभाजन नरहेको स्पष्ट पारे । नेता भट्टराईले कर्णाली प्रदेशमा महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई समर्थन फिर्ता नगरिएको पनि बताए ।

राष्ट्रिय भेलामा नेता माधव नेपालको राजनीतिक प्रस्तावमा छलफल गर्न १० वटा समूह विभाजन गरिएको भट्टराईले बताए । समसामयिक विषयमा प्रस्तावहरू पारित गर्दै भेला बिहीबार समापन हुने भट्टराईले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार