सुदूरपश्चिम प्रदेशसभा बैठकमा विधेयक पेश

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्थापन गर्न बनेको विधेकयक २०७७’ पेश भएको छ । प्रदेशसभाको सामाजिक विकास समितिमा दफावार छलफल भई तयार पारिएको उक्त विधेयकको प्रतिवेदन समितिका सभापति कुन्ती जोशीले पेश गरेको थियो ।

बैठक प्रारम्भ हुनासाथ ढ्यापढ्यापे समय लिएर प्रदेशसभा सदस्य शान्ति नेपालीले कञ्चनपुरको वेदकोट नगरपालिका–५ का वडाध्यक्ष साङ्घातिक आक्रमणबाट घाइते भएको भन्दै आक्रमणकारीलाई कानूनबमोजिम कारवाही गर्न ध्यानाकर्षण गराए ।

यसैबीच प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापाले साविकको, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्यूँतिएको घटनाले प्रदेश सभाको बैठक सञ्चालनमा अहिलेसम्म त्यस्तो कुनै प्रभाव नपरेको बताए । उनले भने, “विधेयक दर्ता भइरहेका छन्, अन्य प्रदेशमा प्रदेशसभाको बैठक नचलल्दा सुदूरपश्चिम प्रदेशसभाको बैठक नियमितरुपमा चलेको छ ।”

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार