समाजसेवी हेम थापा तेह्रथुमको मोराहाङमा जन्मिनु भयो,सानै उमेरदेखि अशक्त र दुखिको सेवा गर्नु पर्छ भन्ने भावनाले ओतप्रोत भएको थापा सान्त स्वभाव र कसैले कसैलाई अत्यचार गरेको देख्नै नसक्ने क्रान्तिकारी स्वभावको थियो।
घरको कान्छा छोराको रुपमा जन्मेका उनी दिदीहरुको माया नै माया बिच हुर्कियो,देशको अवस्था र परिस्थितिले उनलाई इजरायल हुँदै अमेरिका सम्म पुर्यायो,विस्तारै उनी समाजसेवाको अभिभावकको रुपमा स्थापित हुँदै गयो,लामो समयदेखि उनी नेपालको प्रकृतिक प्रकोपले निम्त्याएको संकट आपतबिपत्तिमा प्रत्येक्ष रुपमा सेवा गरदै सहभागी हुँदै आउनु भएको छ,।
पछिल्लो समय”hem &Maya foundation Nepal”नामक संस्था दर्ता नै गरि जनस्तरबाट चालिएको कुनै पनि तेस्तो अभियान छैन होला जाहा हेम थापा सहभागी छैन,धुर्मुस सुन्तली फाउन्डेसन बाट निर्माण हुँदै गरेको गौतमबुद्ध अन्तर्राष्ट्रियक्रिकेट रंगशाला निर्माण,विद्यालय निर्माण,विकट गाउँमा अस्पताल निर्माण,राष्ट्रिय अविस्कार केन्द्र,अभिभावक बिहिन बालबालिकालाई अध्यन अध्यापन गराउने जिम्मा,विभिन्न विद्यालयहरुमा विद्यालय पोशाक कोभिड १९को समयमा सातै प्रदेशमा खाद्यान्न वितरण लगायत , बाढी पिडित,पहिरो पिडित,हावाहुरी पिडित,मृगौला पिडित,क्यान्सर पिडितहरुको भगवान्नै बन्नु भएको छ।उहाले अहिले सम्मा समाजसेवामा करिब२करोड खर्च गरिसकेको अनुमान लगाउनु भएको छ,।देशको अवस्था र जनताको जीवन शैलीको अवस्थामा सुधार नआए सम्म समाजसेवामा लागिरहने हेम थापाले प्रतिबद्धता गर्नु भयो ।हेम थापा विस्तारै देश र जनताको सेवाकै लागि आफू राजनीतिमा आउने समेत हामीलाई जानकारी गराउनु भयो,