प्याराग्लाइडिङ दुर्घटनामा सैनिक जवानको मृत्यु

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ३ चैत्र २०७७, मंगलवार गण्डकी प्रदेश

पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटनामा परी नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको साँझ उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्तासमेत रहनुभएका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उहाँका अनुसार दुर्घटनालगत्तै सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पु¥याएकामा उपचारका क्रममा साँझ ४ः४५ बजे निधन भएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत रहनुभएको बताइन्छ । मृतकको शव सैनिक अस्पतालमा नै रहेको र परिवारका सदस्य आएपछि बुझाइने प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

प्रधानमन्त्रीबाट तत्काल राजीनामा देऊ

प्रधानमन्त्री खड्ग प्रसाद ओलीले ५ पुस ०७७ मा संविधानमा नभएको अधिकार प्रयोग गर्दै गरेको संघीय संसदको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ११ फाल्गुन २०७७, मंगलवार

संवैधानिक ‘कू’ को सर्वत्र विरोध गरौँ

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि ५ पुष २०७७, आईतवार

गैरजिम्मेवार सरकार

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १७ कार्तिक २०७७, सोमबार

प्रहरी आदेशपालक होइनन्

उज्यालो प्रतिनिधि उज्यालो प्रतिनिधि १४ कार्तिक २०७७, शुक्रबार