मिर्चैयामा बजार अनुगमन टोली पुग्दा अधिकांश पसल बन्द

उज्यालो प्रतिनिधि २० जेष्ठ २०८३, बुधबार समाचार

सिरहाको मिर्चैया बजारमा आज वाणिज्य तथा आपूर्ति संरक्षण कार्यालयबाट आएको बजार अनुगमन टोलीले अनुगमन सुरु गरेसँगै अधिकांश होलसेल तथा व्यापारिक प्रतिष्ठानहरू बन्द भएका छन्। अनुगमन टोलीमा वाणिज्य तथा आपूर्ति संरक्षण कार्यालय, वीरगञ्जका नासु मधुरेश प्रसाद साहसहित तीन जना प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सिरहाका प्रतिनिधि राकेश यादव, रामनगर मिर्चैया उद्योग वाणिज्य संघका अध्यक्ष भरत महासेठ,

सदस्य मनोज कुमार साह तथा इलाका प्रहरी कार्यालय मिर्चैयाका सुरक्षाकर्मीहरू सहभागी रहेका थिए। उद्योगहरूले अन्य उद्योगका उत्पादनको नक्कल (कपी) तथा लोगो प्रयोग गरेको भन्ने उजुरीका आधारमा बजार अनुगमनका लागि टोली वीरगञ्जबाट मिर्चैया आएको बताइएको छ।

नुगमनका क्रममा धेरै व्यापारीहरूले पसल बन्द गरेको स्थानीयहरूले बताएका छन्। टोलीले बजारमा बिक्री वितरण भइरहेका वस्तुहरूको गुणस्तर, लेबल, ट्रेडमार्क तथा कानुनी मापदण्डको अवस्थाबारे निरीक्षण गरेको जनाएको छ। उपभोक्ता हित संरक्षण, निष्पक्ष व्यापार प्रवर्द्धन तथा नक्कली उत्पादन नियन्त्रणका लागि यस्ता अनुगमनलाई नियमित रूपमा प्रभावकारी बनाउनुपर्ने स्थानीयवासीहरूको माग रहेको छ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार