यि हुन सागमा नेपाललाई स्वर्ण दिलाउने खेलाडीहरु

१६ मंसिर २०७६, सोमबार १०:३६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौँ । १३ औं दक्षिण एसियली खेलकुद (साग) मा अहिलेसम्म नेपालले ९ वटा स्वर्ण पदक जितेको छ । सोमबार नेपालले तेक्वान्दो र कराते खेलमा गरेको सानदार प्रदर्शनका कारण खेलाडीहरु स्वर्ण प्राप्त गर्न सफल भएका हुन् ।

करातेमा नेपालले चार स्वर्ण पदक जितेको छ । एकल काता पुरुष, टिम काता महिला र पुरुष दुवैमा स्वर्ण पदक जितेको छ । एकल काता महिलामा नेपालले रजत पदक जितेको थियो ।

यि हुन् नेपालका स्वर्ण पदक विजेताहरु

कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

कराते (टिम काता, महिला)

कराते (टिम काता, पुरुष)

कराते (५५ केजी) – लक्ष्मण तामाङ

तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

ट्रायथलोन – सोनी गुरुङ


सामाजिक संजालवाट साभार