हाम्रो नेपाल(कविता)- सेमसाङ वाइबा

१४ मंसिर २०७६, शनिबार ०४:०९ मा प्रकाशित
उज्यालो संवाददाता

सुन्दरछ शान्त बनाऊ यो ,हाम्रो देश नेपाल ।
मलिला छन उर्वर फाँटहरु ,पनी यहाँ विशाल ।।
जननी जन्मभुमी हुन,आमालाई नबनाउँ बेहाल ।
बिकाश गरौं मिलेर अब ,तराई,पहाड, हिमाल ।।

नाङ्गालाई कपडा दिन सकुँ ,भोकाको पेट भरुँ ।
मानवताले परोपकारी म बनी ,जगमा स्नेह छरुँ ।।
निर्धाको सहारा बन्न सकुँ म,हाँस्दै सहयोग गरुँ ।
देशकै निम्ति जन्मेको होनित ,देशकै लागी मरुँ ।।

अञ्जुलीमा खुशी भरेर यहाँ,छर्नुछ सब जगतमा ।
नेपाली पण अनि स्वाभिमान,बगोस नशा रगतमा ।।
व्यर्थै केही नगरी जिवन यो,खेर नजावस फगतमा ।
देशभक्ती अनि अादर सम्मान,रहि रहोस भगतमा ।।

बनाउनुछ धरहरा फेरि उठाई,अाकाश छुने गरि।
छर्नुछ बिगुल उन्नती प्रगतीको,दुनियाँ उठे सरी ।।
काँधमा काँध मिलाई एकजुट,चल्नुछ सधैं भरी ।
जोगाउनुछ धर्म सँस्कृती हाम्रो,रिती रिवाज धरी ।।

कवि हरुले दिन दुखिका,कवीता पीडा लेखुन् ।
स्वयम्भुका दुई अाँखाले न्याय,अन्याय समान देखुन् ।।
घुसपैठी लाई सिमानामै विरता,देखाई साहशले छेकुन् ।
चालेका कदम हरुले प्रगतीको, शीखर उच्च टेकुन् ।।

 

सेमसाङ वाइबा,काभ्रे
हाल बौद्ध


सामाजिक संजालवाट साभार