नेता पौडेलले आरोप : वर्तमान कम्युनिष्ट सरकार राणा शासनको नयाँ संस्करण

९ मंसिर २०७६, सोमबार ०७:४६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं, ९ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान कम्युनिष्ट सरकारमाथि राणा शासनको नयाँ संस्करण भएको आरोप लगाएका छन् ।

रिपोर्टस क्लब दाङले सोमवार तुलसीपुरमा आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले यस्तो आरोप लगाएका हुन् । वर्तमान सरकारले एकपछि अर्को गर्दै लोकतन्त्रको मूल्य-मान्यतालाई उल्ट्यादै गएको उनको भनाइ थियो ।

‘राणाको पथमा हिडेर यिनीहरुले देशलाई त्यस्तै सामन्ती बाटोमा लान खोजिरहेका छन्’, पौडेलले भने, ‘एकपछि अर्को गर्दे लोकतन्त्रको मूल्य मान्यतालाई उल्ट्याउदै गएका छन् ।’

ओली सरकार निष्ठाहीन बन्दै गएको र वंश तथा नातावादलाई मलजल गरेको समेत पौडेलले बताए । ‘यो सरकार वंश परम्परा र नातावादको स्थापनालाई महत्व दिएर अहिलेको चुनावमा जुटेको छ,’ उनले भने, ‘यो सरकारको कुनै विचार,सिद्धान्त,निष्ठा आधार छैन, कुनै आर्दश नभएको जमात मात्रै हो।’

जनतालाई असंभव खालका सपना देखाएर अघि बढेको कम्युनिष्टको सरकार अहिले झुटो सावित भएको समेत नेता पौडेलको टिप्पणी थियो । ‘यो सरकारले कुनैपनि राम्रो काम गर्न सकेन,’ नेता पौडेलले भने, ‘तरपनि नेपाली कांग्रेसले सुरु गरेका विकास निमार्णका कामलाई उद्घाटन गर्दै त्यही मञ्चबाट हामीलाई गाली गर्ने काम मात्रै गरिरहेको छ।


सामाजिक संजालवाट साभार