देउवाको आरोप, ‘भारतले प्रधानमन्त्री ओलीकै सल्लाहमा नयाँ नक्सा सार्वजनि गर्‍यो’

७ मंसिर २०७६, शनिबार १२:०७ मा प्रकाशित
उज्यालो संवाददाता

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीको सहमतिमा नै भारतले नयाँ राजनीतिक नक्सा तयार पारेर सार्वजनिक गरेको अरोप लगाएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले पोखरा आएर प्रधानमन्त्री ओलीप्रति यस्तो आरोप लगाएका हुन् ।

आगामी मंसिर १४ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनलाई मध्यनगर गर्दै पोखरामा आयोजित शनिबार नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीकै सहमतिमा नेपाली भू-भाग भारतको नयाँ नक्सामा समेटिएर मात्र सार्वजानिक भएको बताए । उनले भारतसँग ओलीको सम्झौता भएको हुन सक्ने बताए ।

देउवा भन्छन्, ‘भारतले हाम्रो प्रधानमन्त्री ओलीसँग नै सम्झौता गरेर मात्र नयाँ नक्सा बनाएको हो । यदी होइन भने नेपाली भू–भाग मिचिएको प्रष्ट हुदाँहुदै सरकारले किन पहल गर्दैन ?’ सरकारले उच्चस्तरको कूटनीतिक पहल गर्नुपर्नेमा सरकार मौन रहेको बताएका थिए । छलफलको लागि पहल नगरेकाले नै भारतको नक्सामा ओलीको सहमति देखिएको उनको आरोप छ ।

देउवाले चुनावी सभामा ओली सरकारले जनताको ढाड सेक्ने गरी कर लगाएको पनि आरोप लगाएका थिए । ‘ओली सरकार भ्रष्टाचारी सरकार भयो,’ उनले भने, ‘जनतालाई उठ्नै नसक्ने गरी कर लगाउने र आफूहरुले कसरी भ्रष्टचार गर्ने भन्ने तर्फ नै ध्यान लगाए । जनताको दुःखलाई सम्बोधन गर्नुको सट्टा झन् खाडल खनेर पसाल्ने मात्र काम भयो । यसरी देश कसरी उभो लाग्छ ?’

सरकारले अहिले अनावश्यक रवैया देखाएको बताउँदै देउवाले उपनिर्वाचनमा ओली सरकारलाई चुनौती दिन पनि कांग्रेसलाई जिताउन मतदातालाई आग्रह गरे । सरकारले जनताविरोधी कार्यक्रम गरेको उनको भनाइ छ । उपनिर्वाचन कांग्रेसलाई मतदान गरे कम्युनिष्ट सरकारलाई थप भ्रष्टाचारी हुनबाट जोगाउन कांग्रेसले पहल गर्ने उनको भनाइ थियो ।


सामाजिक संजालवाट साभार