नियम उल्लघंन गर्ने चालकलाई ट्राफिकको सम्मान

२९ कार्तिक २०७६, शुक्रबार १४:१९ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । सवारी नियम उल्लघंन गर्दा चालकलाई जरिवाना गर्दै आएका ट्राफिक प्रहरीले शुक्रबार भने खादा ओढाएर र पुष्प गुच्छा हातमा थमाएर सम्मान गरेको छ । गोरखा नगरपालिका–११ स्थित बाह्र किलोमा एसपी ओम प्रसाद अधिकारीले चालकलाइ यसरी सम्मान गर्दै सुरक्षित यात्रा गराउन सुझाव दिए ।

समुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत शुक्रबार ट्राफिक नियम पालन उल्लघंन गर्ने चालकहरूलाई सम्मान गरिएको एसपी अधिकारीले बताए । ‘महिनाको २९ दिन सवारी नियम उल्लघंन गर्ने चालकलाई दण्ड जरिवाना गर्छौँ, एक दिन सवारी चालकलाई सम्झाउने गरेका छाैँ,’ उनले भने । अभियानले ट्राफिक नियम पालना गरी सवारी चलाउन प्रेरित गर्ने उनको भनाइ छ ।

पछिल्लो समय चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढ्दै गएकाले ट्राफिक नियम पालन गर्न नयाँ अभियान सुरु गरिएको एसपी अधिकारीले जानकारी दिए । नियम विपरीत सवारी चलाएको थाहा पाए तुरुन्त प्रहरीलाइ खबर गर्नसमेत उनले चालकलाई आग्रह गरे ।


सामाजिक संजालवाट साभार