शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने

२७ कार्तिक २०७६, बुधबार ११:०८ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । सामुदायिक विद्यालयमा कार्यरत शिक्षक पनि निजामती कर्मचारी सरह बढुवा हुन पाउने भएका छन्। मन्त्रिपरिषद्ले गत साता स्वीकृत गरेको राष्ट्रिय शिक्षा नीतिमा यस्तो व्यवस्था गरिएको छ।

यो व्यवस्था कार्यान्वयनमा आएपछि तल्लो तहमा कार्यरत शिक्षक कार्य सम्पादनको आधारमा माथिल्लो तहमा पनि बढुवा हुन पाउनेछन्। शिक्षकको सक्षमता, अनुभव, शैक्षिक योग्यता र कार्य दक्षतालाई आधार मानेर बढुवा गरिने शिक्षा मन्त्रालयले जनाएको छ।

यसअघि एकै तहमा लामो समयसम्म पढाइरहेका शिक्षकलाई अनुभवको आधारमा ग्रेडवृद्धि गर्ने व्यवस्था मात्रै रहेको थियो ।


सामाजिक संजालवाट साभार