सहकारीहरुले मुलुकको विकासमा टेवा पुर्‍याउन सक्नुपर्छ : सांसद् लामा

२३ कार्तिक २०७६, शनिबार १३:३२ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । ३ नम्बर प्रदेशका प्रदेशसभा सदस्य चन्द्र लामाले मुलुकको विकासका लागि सहकारीहरुले योगदान गर्न सक्नुपर्ने बताएका छन् ।

सामुदायिक साकोस पनौतीको २५ औँ बार्षीक साधारणसभालाई सम्बोधन गर्दै सांसद् लामाले सहकारीहरुमार्फत् मुलुकको विकासमा टेवा पुगिरहेको स्मरण गर्दै यसलाई वृद्धि गर्दै लैजानुपर्ने बताएका हुन् ।

‘मुलुकको विकासमा सहकारीहरुको भूमिका र योगदान अपरिहार्य छ’ उनले भने, ‘सहकारीमार्फत् मुलुकको विकासमा योगदान भइरहेको छ, अब यसलाई वृद्धि गर्नेतिर ध्यान दिनुपर्छ ।’ सांसद् लामाले सामुदायिक साकोसले जिल्ला भर दिएको सेवाले मुलुक निर्माणमा सहयोग पुगेको समेत औल्याए ।

सामुदायिक साकोसले पनौतीको १, २ र ३ नम्वर वडाका सदस्यहरुको लाागि कुशादेवीमा साधारण सभा आयोजना गरेको थियो भने वडा नम्वर ४, ५, ६, ७ र ८ का लागि मुख्य कार्यालय पनौतीमा सभा आयोजना गरिएको थियो । पनौती ९, १० र ११ का लागि खोपासीमा साधारण सभा आयोजना गरिएको थियो भने पनौती १२ का लागि भुमेडाँडामा सभा आयोजना गरिएको थियो ।

बनेपा, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल गाउँपालिकाका सदस्यहरुका लागि बनेपामा सभाको आयोजना गरिएको थियो । बेथान्चोक गाउँपालिकाको सभामा बेथान्चोकमै आयोजना गरिएको थियो ।

सभामा सचिव मुुकुन्द शर्माको बार्गिाक प्रतिवेदन, कोषाध्यक्ष प्रताप ताम्राकारको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सभामा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, नेफ्सकुनका नेफ्सकुनका संचालक उद्धव सापकोटा, कार्यकारी प्रमु्ख शिवजी सापकोटा लगायतले संस्थाको सभामा शुभकामना दिएका थिए । कार्यक्रम सहकारीका अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको थियो ।

संस्थाको असोज मसान्तसम्मको कारोवारका बारेमा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनु भएको थियो । संस्थाले २३ हजार २ सय २६ शेयर सदस्यबाट १९ करोड २४ लाख ४२ हजार शेयर रकम संकलन गरेको छ । जगेडाकोषमा १५ करोड ४१ लाख ६६ हजार रहेको उक्त संस्थाको अन्य कोषहरुमा ६ करोड ४० लाख १४ हजार बचत रहेको छ ।

१ अर्ब ४० करोड ९४ लाख २९ हजार बचत संकलन गरेको सहकारीले १ अर्ब ५० करोड ४४ लाख ९३ हजार रुपैया ऋण लगानी गरेको छ । १ अर्ब ९३ करोड ८२ लाख ३६ हजारको वासलात रहेको सहकारीले २३ करोड ९० लाख ३७ हजार आम्दानी गरेको छ ।


सामाजिक संजालवाट साभार