लिपुलेक र कालापानी विवादबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

२२ कार्तिक २०७६, शुक्रबार १२:३६ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं। भारतले नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपुलेकलाईसमेत आफ्नो भूमिमा समावेश गरेको राजनीतिक नक्सा सार्वजनिक गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सबै पक्षसँग छलफल गर्ने भएका छन्।

सत्तारूढ र प्रतिपक्ष दलका नेताहरू, पूर्व प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीहरू र सीमा विज्ञहरूलाई छलफलका लागि बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए।

“भारतले हालै जारी गरेको राजनीतिक नक्शाले सिर्जित विवादबारे सबैको एउटै धारणा बनाउने उद्देश्यले प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो,” अर्यालले भने।

२३ कात्तिक दिउँसो ४ बजे बालुवाटारमा वृहत परामर्श बैठक बस्नेछ।


सामाजिक संजालवाट साभार