सिमानामा तारबार लगाउ, दुस्मन परै रोक – हरि ढकाल

२२ कार्तिक २०७६, शुक्रबार १२:५१ मा प्रकाशित
उज्यालो संवाददाता

नक्सासँग पद र कुर्ची,
साट्न छोड अब !
कती जमिन हराइसक्यो,
हिसाब जोड अब !!

पार्टिभन्दा माथी उठ, देशको
झन्डा बोक !
सिमानामा तारबार लगाउ,
दुस्मन परै रोक !
गाउँगाउँ बाट सोझा जनता,
उठिसके राँको बाल्दै !
तेही ठाउ हो लखेटेको,
दुस्मनको शिर ढाल्दै !!

कुट्नैतिक कदम चाल, खुट्टा
नकमाउ !
प्रलोभन आउन सक्छ, थैलो
नसमाउ !!

भौतिक शरिर ठुलो हैन,
कर्म हुन्छ ठुलो !
बीस्तारबाद छिर्ने सबै, बन्द
गर दुलो !!

सरकार भित्रै जेलियो कि,
एजेन्टहरुको जालो !
मिचियो कि बेचियो, सङ्कै
लाग्न थाल्यो !!

#GoBackIndia

-हरि ढकाल
(युवा नेता)


सामाजिक संजालवाट साभार