‘विप्लव’का कार्यकर्ता पक्राउ

२२ कार्तिक २०७६, शुक्रबार ११:१४ मा प्रकाशित
उज्यालो संवाददाता

गोरखा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्यूनिष्ट पार्टीका वाग्लुङ जिल्ला सदस्य महेन्द्र भण्डारी पक्राउ परेका छन् । ३१ बर्षका उनलाई शुक्रबार विहान गोरखा नगरपालिकाको मझुवा देउरालीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सार्वजनिक हितविरुद्धको अपराधमा मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको डीएसपी मित्रवन्धु शर्माले बताए । वाग्लुङ घर भएका भण्डारीलाई यसअघि म्याग्दीमा पनि प्रहरीले पक्राउ गरेको थियो ।


सामाजिक संजालवाट साभार