यति र श्री एयरलाइन्सको जहाज ठोक्कियो

२२ कार्तिक २०७६, शुक्रबार ०९:३७ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक पार्किङ वेमा श्री एयरलाइन्स र यति एयरलाइन्सको जहाज ठोक्किएको छ ।

पार्किङ गरिराखेको यतिको जहाजसँग श्री एयरलाइन्सको जहाज ठोक्किएको हो ।

श्री एयरलाइन्सका महाप्रवन्धक अनिल मानन्धरका अनुसार विराटनगरबाट आएको श्रीको जहाज पार्किङमा लैजाँदै गर्दा यतिको जहाजसँग ठोक्किएको हो । जहाजमा सामान्य क्षति भएको छ । अन्य सबै सामान्य रहेको उनले बताए ।


सामाजिक संजालवाट साभार