भारतको थिचोमिचो किमार्थ स्वीकार्दैनौँ : लालध्वज

२२ कार्तिक २०७६, शुक्रबार ०५:१२ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । पूर्व ऊर्जाराज्यमन्त्री सुर्यमान दोङ लालध्वजले भारतले गरेको सीमा अतिक्रमण र थिचोमिचो आफूहरुलाई स्वीकार्य नभएको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत् धारणा सार्वजनिक गर्दै उनले नेपाली भूमि भारतले आफ्नो नक्सामा राखेको कुरालाई आफूहरुले नस्वीकार्ने बताएका हुन् । उनले यस विषयमा सरकारले तत्काल सर्वदलीय बैठक बोलाउनुका साथै कुटनीतिक पहलमार्फत् यस विषयलाई समाधान गर्नुपर्ने समेत बताएका छन् ।

उनले लेखेका छन्, ‘लिपुलेक र कालापानी लगायतको भूमिलाई भारतले आफ्नो नक्सामा औपचारिक रुपमा राखेको विषय अत्यन्तै गम्भिर छ । यस विषयमा सरकारले तत्काल सर्वदलीय बैठक बोलाएर नेपालको एउटै धारणा बनाउन आवश्यक छ । भारतको यो सीमा अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्विकार्न सक्दैनौँ । सरकारले कुटनीतिक पहलमार्फत् यो विषयलाई चाँडोभन्दा चाँडो टुंग्याइयोस् ।’


सामाजिक संजालवाट साभार