भारतले बुझोस्, सीमा अतिक्रमण वा थिचोमिचो हामी सहँदैनौँ : श्रेष्ठ

२२ कार्तिक २०७६, शुक्रबार ०४:५० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारत वा कुनै पनि देशको अतिक्रमण वा थिचोमिचो आफूहरुले नसहने प्रष्ट पारेका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा स्टाटस लेख्दै उनले थिचोमिचो नेपालले किमार्थ नस्वीकार्ने बताएका हुन् । भारतले औपचारिक रुपमै कालापानी र लिपुलेकलाई आफ्नो नक्सामा राखेपछि अहिले चौतर्फी विरोध भइरहेको छ ।

श्रेष्ठले लेखेका छन्, ‘बिश्वमा साम्राज्यवादी उपनिवेशवाद हावी हुँदा र छिमेकी देशहरु उपनिवेश हुँदा समेत कहिल्यै कसैको प्रत्यक्ष उपनिवेश नभै सार्वभौम र स्वतन्त्र रुपमा ठिङ्ग खडा भएको देश हो नेपाल।भारत वा कसैको पनि अतिक्रमण वा थिचोमिचो हामी किमार्थ स्विकार्दैनौं।यसमा हामी एक र अबिचल छौ।सबैले राम्ररी बुझोस्’


सामाजिक संजालवाट साभार