रकम हिनामिनाको आरोपमा चलचित्र निर्माता शाही पक्राउ

२१ कार्तिक २०७६, बिहीबार १४:०५ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं – चलचित्र निर्माणका क्रममा रकम हिनामिनाको आरोपमा चलचित्र निर्माता गोविन्द शाहीलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको छ । काठमाडौं जिल्ला अदालतले चलचित्र निर्माणका क्रममा एक करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ पूर्जी जारी गरेपछि शाहीलाई बिहीबार पक्राउ परेका हुन ।

फिल्म निर्माण गर्दा शाहीले एक करोड हिनामिना गरेपछि सुदीप खड्का र अर्का निर्माता मिलन चान्सले महानगरीय प्रहरी अपराध महाशाखामा जाहेरी दिएका थिए। यसअघि पनि पक्राउ परेका उनी तत्कालीन अवस्थामा बन्दीप्रत्यक्षीकरण रिटमा छुटेका थिए ।

गोविन्द्र शाही चलचित्र ‘लिलिबिलि’ का निर्माता हुन् । शाहीसहित तीन जनाको समूहले एक वर्षअघि ‘लिलिबिली’ निर्माण गरेका थिए।


सामाजिक संजालवाट साभार