प्रचण्ड : भारतको दादागिरीबारे पहिलोपटक बोल्ने नेपाली नेता

२१ कार्तिक २०७६, बिहीबार १०:०० मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । भारतले औपचारिक रुपमै आफ्नो नक्सामा लिपुलेक लगायतको भूमिलाई राखेपछि नेपालको नेताहरुमध्ये पहिलोपटक नेकपाका अध्यक्ष प्रचण्डले मुख खोलेका छन् ।

उनले भारतको यो कदम सही नभएको बताएका छन् । भारतले आफ्नो नक्सामा नेपाली भूमि राखेको सार्वजनिक भएसँगै दाङमा रहेका प्रचण्डले सार्वजनिक अभिव्यक्ति दिएका हुन् । उनले आफू भारत भ्रमणमा जाँदा यो विषयमा गम्भिर ढंगले कुरा भएको समेत औल्याए ।

यस विषयमा प्रचण्डले धारणा सार्वजनिक गर्नुपूर्व कसैले पनि धारणा सार्वजनिक गरेका थिएनन् । दाङमा आयोजित् पत्रकार सम्मेलनमा यसबारे उनले भनेका थिए, ‘यो लिपुलेकवाला कुरामा भारत र चीनको बीचमा सहमति भएपछि एउटा प्रसंग परेका थियो, म भारत भ्रमण जाने बेला । मैले त्यहाँको प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रष्टसँग भनेको थिए, लिपुलेकबारे जे सहमति भएको छ, त्यसमा हाम्रो सहमति छैन । त्यसमा करेक्सन गर्नुपर्छ भन्ने मैले राखेको थिए । त्यत्रो कुरा राख्ने राजनीतिक नेतृत्वले अहिलेको यो एकलौटी नक्सा हो या होइन मैले सबै कुरा बुझेको छैन । सबै कुरा बुझेपछि भनौँला । तर, एउटा कुरा के हो भने लिपुलेक, कालापानी या लिम्पियाधाराको जुन कुरा छ, त्यसमा कुनै खालको कम्परमाइज हुन सक्दैन । सरकारले यसलाई गम्भिर रुपमा लिइसकेको छ । कुटनैतिक तवरबाट कुरा अगाडि बढाउने कुरा भइसकेको छ । राजनीतिक रुपमा सबै राजनीतिक दल र नेताले यसमा चासो देखाइसकेका छन् ।’


सामाजिक संजालवाट साभार