नव नियुक्त प्रदेश प्रमुख परियारलाई जनकपुरधाममा भव्य स्वागत

२० कार्तिक २०७६, बुधबार ०९:३५ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा । प्रदेश नं. २ का नव नियुक्त प्रदेश प्रमुख तिलक परियार जनकपुरधाममा भव्य स्वागत गरेका छन् । उनलाई जनकपुरमा भव्य स्वागत गरिएको छ । जनकपुर बिमानस्थलमा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् ।

एयरपोर्टको भिआईपी कक्षमा काठमाण्डौं जान लागेका उप–प्रधान तथा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले समेत स्वागत गरे । उनले मिथिला नगरीमा प्रदेश प्रमुख बनेर आएकोमा बधाई दिदै स्वागत गरे ।

स्वागत गर्न प्रदेश २ का मुख्यसचिव दिपक सुवेदी, प्रदेश प्रहरी प्रमुख प्रद्युमन कार्की, प्रदेश २ का प्रदेश प्रदेशसभा सदस्यहरुले स्वागत गरेका थिए । प्रदेश प्रमुख परियारको स्वागतमा स्थानीय तहका जनप्रतिनिधि सहित नेकपाका कार्यकर्ताहरुको बाक्लो भिड लागेको थियो ।
उनले आजै आफ्नो पदभार ग्रहण गरेका छन् । मधेश भवन भित्र रहेको प्रदेश प्रमुखको कार्यालयमा उनले पदभार ग्रहण गरका हुन् ।

उनलाई भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल,समाजिक बिकास मंत्रीले समेत स्वागत गरेका छन् ।


सामाजिक संजालवाट साभार