दम्पती हत्या प्रकरण : पैसाका कारण हत्या गरिएको हुनसक्ने

१९ कार्तिक २०७६, मंगलवार १२:५० मा प्रकाशित
उज्यालो संवाददाता

शिखर चिमौरीया/ काभ्रे ।  नमोबुद्ध नगरपालिका वडा नं. ८ का एक दम्पतिको गएराति धारिलो हत्यार प्रयोग गरि हत्या गरिएको छ ।
नमोबुद्ध नगरपालिका वडा नं ८ का श्यामकृष्ण श्रेष्ठ र उनकी श्रीमती रुकुमायाँ श्रेष्ठको आफ्नै घरमा हत्या गरि घरको तल्लो छिँडीमा लुगाले छोपेर राखेको अवस्थामा शव फेला परेको छ । सोमबार राति श्रेष्ठको दम्पतिको हत्या भएको मंगलबार बिहान स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख जयराज सापकोटाको नेतृत्वमा गएको अनुशन्धान टोलिले श्रेष्ठ दम्पतिको धारिलो हत्या प्रयोग गरि हत्या गरेको हुनसक्ने बताए । जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाका अनुसार हत्याको प्रकृति देख्दा घरमा पैसा भएको र त्यही लुट्नका लागि श्रेष्ठ दम्पतिको हत्या गरिएको देखिन्छ ।

घटनामा मुख्य कुरा पैसाको कारोबार भएको देखिन्छ मृतकले एक सहकारी मार्फत ८ हजार पाँच सय र भूकम्पको अन्तिम किस्ता भकुण्डेको लक्ष्मी बैंकको शाखाबाट लिएको समेत देखिन्छ । त्यही पैसा आएको र हरेक दिन त्यस परिवारको सबै कुरा निहालेको व्यक्ति सग्लन हुन सक्ने जिल्ला प्रहरी प्रमुख सापकोटाले बताए । घाँटी रेटेको अवस्थामा र मृतकको औँला काटिएको देखियो उनले भने । मृतकले प्रतिकार गर्दा हत्यामा सग्लनहरुले धारिलो हत्याले औला काटेको देखिन्छ । क्षतविक्षत शव शिरकले छोपेको अवस्थामा हाम्रो टोलि घटना स्थलमा आईपुगेको सापकोटाले बताए ।

घटनास्थलबाट बियरको बोतल, गाँजा र सुर्तिका धुलो समेत भेटिएको उनले बताए ।
श्रेष्ठ दम्पतीले बर्षेँदेखि साना किराना र मदिरा पसल सञ्चालन गर्दै आएका रहेन्छन् । घरमा श्रेष्ठका दम्पति मात्रै बस्ने गरेको र छोराछोरी, बुहारी काठमाडौ बस्दै आएका रहेन्छन् । घरमा दुई जना मात्र बस्ने र कोही कसैसग कस्तो थियो त्यो अनुसन्धान मार्फत भोलिका दिन थाहा लाग्ने सापकोटाले बताए ।

हत्या किन र कस्का लागि गरिएको हो यो अनुशन्धान मार्फत चाडै नै पतालगाउने जिल्ला प्रहरी प्रमुख सापकोटाले बताए ।
स्थानियहरु सग बुझ्दा मृतक श्रेष्ठको दम्पतिहरु सग कसैको पनि त्यस्तो नराम्रो नभएको स्थानियले बताएको उनले बताए । पसलमा आएर मादकपदार्थ सेवन गरी विवाद गरेर नै उनीहरुको धारिलो हत्या गरेको हुन सक्ने देखिन्छ । यसका बारे तालिम प्राप्त कुकुर समेत झिकाई घटनाको अनुशन्धान शुरु भईसकेको र यस घटनाको चाडै नै हत्यार पतालगाउने जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रमुख जयराज सापकोटाले जानकारी दिए । शवको मुचुल्का गर्दै शव थप परिक्षण गर्न शिरमेमोरियल बनेपामा ल्याएको बताएको छ । मृत श्रेष्ठ दम्पतीका एक छोरा, एक छोरी, बुहारी र एक नाति रहेका छन् ।


सामाजिक संजालवाट साभार