टोलवासीहरुले पुजा अर्चना भाकल गर्दा सिरहामा आगोको आतंक

१९ कार्तिक २०७६, मंगलवार ०९:१५ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा ।  जिल्लाको कर्जन्हा नगरपालीका वडा नम्बर ७ (मरेवा गाँउ)को वरकाटोलको वलुवाटोलमा विगत ९ महिना देखी लगातार आगलागीको सिकार हुँदै आएको छ् । अहिलेसम्म आगोलाग्ने श्रोतको पहिचान हुननसकेको स्थानयि समाजसेवी विनोद कुमार भगत र श्रीकिसुन यादवले जानकारी दिए ।

उनका अनुसार स्थानीयहरुको सहयोगमा स्थलगत निरीक्षणको आधारमा तयार पारिएको रिपोर्टमा वस्तिमा दलीत र पिछडा वर्गको वसोवास रहेको पाइएको छ ।

सिरहा जिल्लाको कर्जन्हा नगरपालीका वडा नम्बर ७ (मरेवा गाँउ) मा पुग्दा आगलागीवाट पिडितहरुको त्रास र भयभितरहेको देखियो । आगलागी विगत २०७५ फागुन महिनामा वैदेशीक रोजगारीमा रहेको महेश ठाकुरको आँगनमा पहिलोपटक परालमा आगोलागी शुरुभएको थियो  ।

त्यस लगत्तै भाई राम भगत ठाकुरको परालमा आगो लागी नष्ट भएको थियो उक्त टोलमा त्यसैगरी लगभग एकसय पचिस घर रहेकोमा हाल सम्म सय घर जतिमा आगोलागी धनमाल को नष्टहुँदै आइरहेको छ सम्पुर्ण टोलभरी कतिवेला आगो लाग्ला कि भन्ने डर र त्रास साथ दिन रात वित्नेगरेकोछ । स्थानीयहरु यत्रो त्रासमा दिन विताइरहँदापनि कहि कतै वाट कुनै सहयोग र आश्वासन नआएकोले आफुहरु झन पिडित भएको गुनोसो गरेका छन् ।

उक्त घटना वारम्वार हुँदै गर्दा कहिँकतै कुनै सुराक लाग्न सकेको छैन उक्त घटनावाट मुक्तहुन टोलवासीहरु विभिन्न किसीमको पुजा अर्चना भाकल गरी रहेपनि कुनै रोकथाम हुने छाँटकाट नरहेको वताउँदै गर्दा भावुक भई गाउँलेहरु जिवीको पार्जनकोलागी समेत घरछोडेर निश्किने अवस्था नरहेको पिडित रामचन्द्र मण्डलले वताउँदै रुन थाले । यता घटनाको बारेमा थप बुझ्न खोज्दा कर्जन्हा नगारपालिकाको नगर प्रमुख गंगा पासमानले फोन उठाएन ।


सामाजिक संजालवाट साभार