अभिनेता भुवन केसी ‘भिलेन’

१९ कार्तिक २०७६, मंगलवार ०६:४१ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं । कार्तिकको २९ गतेबाट रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’ मा अभिनेता भुवन केसीलाई भिलेनको रुपमा देख्न पाइने भएको छ ।

दर्शकले ‘मिस्टर नेपाली’मा आफूलाई नायक नभएर खलनायकको रुपमा पाउने भुवनले बताए । ‘मेरो भिलेन रुप दर्शकका लागि नौलो स्वाद हुनेछ,’ उनले थपे ।

देव भुषालको निर्देशन रहेको फिल्ममा भूवनको अलवा साहिल श्रेष्ठ र कुसुम राउतको समेत मुख्य भूमिका छ ।
फिल्ममा भूवन बाबु र छोरा दुबै भूमिकामा देखिँदैछन् ।

कमेडी, प्रेम र देशप्रेमको विषय यठाएको यो फिल्म प्रेमराज दाहालले निर्माण गरेका हुन् ।


सामाजिक संजालवाट साभार