नमोबुद्धमा दम्पती मृत फेला

१९ कार्तिक २०७६, मंगलवार ०४:२३ मा प्रकाशित
उज्यालो संवाददाता

शिखर चिमौरिया/काभ्रे ।
जिल्लाको नमोबुद्ध नगरपालिका वडा नं. ८ स्थित् तल्लो हटियामा एक दम्पती मृत फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख जयराज सापकोटाका अनुसार ५५ बर्षका श्यामकृष्ण श्रेष्ठ र अन्दाजी ५० बर्षकि रुकुमाया श्रेष्ठको शव फेला परेका हुन् । उनीहरुमाथि धारिलो हतियार प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

क्षतबिक्षत शव सिरकले छोपेको अवस्थामा प्रहरि चौकी श्यामपाटीका इन्चार्ज प्रहरी सहायक निरीक्षक केशव दर्जी नेतृत्वको टोलिले फेला पारेको थियो ।

घटनास्थलमा बियरका बोतल, गाजा र सुर्तीको धुलो छरिएको अवस्थामा भेटिएको छ । ती दम्पतीले आफ्नै घरमा चियापसल संचालन गर्दै आएका थिए । यसका साथै उनीहरु घरेलु मदिरा समेत बिक्री गर्दै आएको स्थानीयको भनाई छ ।

उनका छिमेकीका अनुसार, राती ८ बजे खाना खाएर सुत्न गएका थिए । मदिरा सेवन गर्न अवेर आएकाहरुले बिवाद हुँदा हत्या गरेको आशंका गरिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


सामाजिक संजालवाट साभार