भारतको राजस्थानमा रेखालाई बेष्ट म्युजिक डाइरेक्टर अवार्ड प्रदान

१७ कार्तिक २०७६, आईतवार १३:३८ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाण्डौ । भारतको राजस्थान निमोडाको चित्थोरगढमा पहिलो नेपाली चलचित्र महिला सङ्गितकार रेखा पौडेललाई अवार्ड प्रदान गरिएको छ । गायिका एंव सङ्गीतकार रेखा पौडेललाई बेष्ट म्युजिक डाइरेक्टर अवार्ड प्रदान गरिएको हो ।

इन्टरनेशनल फेसबुक फ्रेण्डशीप अवार्डको म्युजिक डाइरेक्टर बिधामा अवार्ड डाक्टर शोखिम वर्माले अवार्ड प्रदान गरेका थिए ।

“अझ साङ्गितिक क्षेत्रमा लाग्ने थप हौसला मिलेको छ् ,अझ राम्रो गर्दै जानेछु । ” पौडेलले भने ।

एक सय भन्दा बढी गीतहरुमा सङ्गीत दिएकी रेखाको दर्जनौ हिट र लोकप्रिय रहेका छन् ।


सामाजिक संजालवाट साभार