पनौतीमा अज्ञात समुहद्धारा मोटरसाइकलमा आगजनी

१५ कार्तिक २०७६, शुक्रबार १४:१३ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । गएराति पार्किङ गरि राखिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको छ । पनौतीमा कुखुरा पालन गर्दै आएका डाँडापारि खानीखोला गाउँपालिकाका प्रदिप वाईबाले पार्किङ गरी राखिएको मोटरसाइकलमा आगजनी भएको हो । आगजनी कसले र के कारणले गरेको भन्ने अहिलेसम्म खुलेको छैन ।

पार्किङ गरी राखिएकै ठाउँमा बिहान उठेर हेर्न जाँदा मोटरसाइकल डढेको अवस्थामा थियो । बा ३६ प ८९९५ नम्बरको उक्त मोटरसाइकल कसले जलाइएको हो भन्ने बारेमा अनुसन्धान भइरहेको पनौती प्रहरी चौकीले जनाएको छ । जलाइएको हो भन्ने पुषटी हुन सकेको छैन । वाइबाले पनौती प्रहरी कार्यालयमा रिपोर्ट गरेका छन ।


सामाजिक संजालवाट साभार