मिर्चैयामा छठ पर्वमा केराको माग बढ्यो : ५ सय ५० देखि १ हजार सम्म मुल्य

१५ कार्तिक २०७६, शुक्रबार ०४:१२ मा प्रकाशित
उज्यालो संवाददाता

सिरहा । सिरहमा छठ पर्वको लागि केराको माँग बढेको छ । मिथिलावासीहरुको महान चाड छठ पर्वको तयारीमा जुटेका छन् । छठ पर्वमा केराको सिंगै घरी नै प्रसादको रुपमा चढाउनु पर्ने भएको हुँदा अहिले बजारमा केराको अत्यधिक देखिएको छ । तिहार तथा छठलाई लिएर जिल्ला स्थित विभिन्न व्यापारीक केन्द्रहरुमा अहिले केराको व्यापार बढेको छ ।

बुधवार र शनिवार मात्रै सिराह जिल्लाको मिर्चैया बजारमा लाखौ रुपैयाको केराको व्यापार भएको केरा व्यापारी ध्रुप साहले बताउछन् । विगतको तुलनामा यस बर्ष केराको मुल्यमा अत्याधिक बृद्धि भएको छ ।

सिरहा जिल्ला मिर्चैया नगरपालिका बजारमा लाग्ने सप्ताहिक हाट मिर्चैया बजारमा माग अनुसार आपूर्ति नभएकोले केराको मुल्यमा हवात्तै बृद्धि भएको एक उपभोक्ता दिनेश साहले बताउछन् । मिर्चैया बजारमा यतिखेर केराकोे खरिद बिक्रि गर्नेको ठुलै भिड लागेको देखिएको छ । स्थानिय बजारमा केराको माँग बढेपछि स्थानिय किसानहरुले लगाएको केरा बजारमा ल्याउने क्रम समेत जारी रहको छ । तिहार र छठको बेला सबैले केरा खरिद गर्ने भएकाले केराको मुल्य आकासिएको स्थानिय संजय गईले बताए ।

जिल्लाको सिरहा,लहान,बन्दीपुर,मिर्चैया,गोलबजार लगायतका बजारमा किनमेल गर्नेको चहलपहल बढेको हो । विभिन्न ठाउँहरुको बजारमा उत्तरी ग्रामीण भेगबाट दैनिक ठूलो सङ्ख्यामा स्थानीयवासी किनमेलका लागि आइरहेका मिर्चैया उद्योग वाणिज्य सघं मिर्चैयाका अध्यक्ष हरिशंकर साहले जानकारी दिनुभयो ।

साहको अनुसार गत बर्षको तुल्नामा यस बर्ष केराको करिब ३५ देखि ४५ प्रतिशत बृद्धि भएको छ । अहिले एक घरी केराको मुल्य साधारणतया ५ सय ५० देखि १ हजार सम्ममा बिक्री भईरहेको छ ।


सामाजिक संजालवाट साभार