काठमाडौंको लप्सीफेदीमा बस दुर्घटना हुँदा ३ को मृत्यु, २० बढी घाइते

१४ कार्तिक २०७६, बिहीबार ११:५१ मा प्रकाशित
उज्यालो संवाददाता

 

काठमाडौं । सिन्धुपाल्चोकबाट काठमाडौं आउँदै गरेको बस लप्सीफेदीमा  दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बा ५ ख ५०७० नम्बरको बस दुर्घटना हुँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार आमा ह्योल्मो यातायातको बस दुर्घटनामा परेको हो ।

घाइते सबैको उद्धार गरिएको जनाइएको छ । बस दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ् ।


सामाजिक संजालवाट साभार