मलाई जसरी उसलाई ठगेर नजानु है प्रिय !

१४ कार्तिक २०७६, बिहीबार ११:३४ मा प्रकाशित
उज्यालो संवाददाता

प्रिय मुटु,
हुन त तिमिलाई प्रिय मुटु, भनेर सम्बोधन गर्नु मैले आफ्नै मनलाई छिया–छिया बनाउँदै मुटुलाई टुक्रा–टुक्रा बनाउनु हो, अनि हाम्रो अजम्बरी मायाको अपमान गर्नु हो जस्तो लाग्छ, मलाई । विगतमा के–के भयो ? एकैछिनलाई थाती राखौँ, बस्, जे–जे भए पनि प्रिय भनेर सम्बोधन गर्न मन लाग्ने रहेछ । र, त तिमीलाई प्रिय सम्बोधन गर्दैछु, म ।

सम्बन्ध टुट्न कसैको गल्ती हुनै नपर्ने रहेछ । त्यो तिमीबाट सिक्ने मौका पाएँ मैले । यसो भन्दै गर्दा, मैले गलत गरेको छैन भन्न खोजेको होइन । मेरा पनि धेरै गल्ती कमी कमजोरीहरू थियो होलान् । तिमीलाई थाहै छ प्रिय, आफ्नो गल्ती आफूले देख्ने होइन, अरुले नै औल्याउने हुन् । तिमीलाई धेरै माया अनि विश्वास गर्नु मेरो जीवनको सबैभन्दा ठूलो भुल अनि गल्ति भएछ, आज आएर महसुस भइरहेको छ मलाई, । जानि नजानि तिम्रो मन दुखाए होला तर तिम्रो जस्तो कमजोर प्रेम भने मैले गरेको थिईन । मैले आज तिमीलाई भन्नैपर्छ, सायद तिमीले मेरो प्रेमलाई बुझिनौँ वा बुझ्ने कोशिससम्म पनि गरिनौँ । आज म सुनाउँछु, तिमीलाई मेरो कथा, त्यसैले त म आजसम्म म यो मानसिक पीडामा समय व्यतित गर्न बाध्य छु ।

सुरुमा प्रेम प्रस्ताव राख्ने पनि त तिमी नै थियौ होइन र ? हाम्रो मायालाई तिमिले यति छिटो भुल्छौ भन्ने मैले एकछेउ पनि सोचेको थिएन । तर, भयो यस्तै । तिमी आफ्नै खुशीले मेरो जीवनमा बहार बनी आयौँ, अनि आँधि वेहेरी सरी छोडेर गयौ । म तिमीलाई सम्झाउँछु, मेरो जीवनमा बहार बनी आउने अनि आँधी बेहेरी सरी छाडेर जाने त्यो केवल तिम्रो एकल खुसी थियो । अनि एकल चाहना र निर्णय पनि ।
हिजोका दिनमा तिमीले के देखेर मलाई आफ्नो मनमा बाँस गरायौ अनि आजका दिनमा तिमिलाई के अभाव भएर मलाई किनारा लगाई अन्तै रमाउन थाल्यौँ त्यो त मलाई थाहा छैन । तिमीलाई कसम खाएर भन्छु, अब यो विषयमा थप जान्ने कोशिस पनि जीवनमा कहिल्यै गर्ने छैन । बस्, म यति सम्झन्छु कि तिमी आफ्नो स्वार्थका लागि मेरो जीवनमा प्रवेश गरेकी रहेछौँ, आफ्नो स्वार्थ पूरा गरेउ अनि गएउ । आफ्नो खुसीका लागि तिमीले मलाई जीवनभरका लागि केवल पीडा दिएर गयौँ, चोट दिएर गयौँ । सायद मेरो जस्तो तिम्रो मन भैदिएको भए, आज एक्लो हुनुपर्दैनथ्यो होला म । कहिलेकाहीँ लाग्छ, यत्रो संसारमा तिमीलाई रोज्नु नै भुल थियो मेरो । मैले भन्ने गरेको छु तिमीलाई, कसैले चाहेर पनि पाएनन्, तर, तिमिले पाएर पनि गुमायौँ ।

त्यो दिन तिमी सम्झन्छौ या सम्झदैनौँ, त्यो त मलाई थाहा छैन । तर, यदि सम्झिएको भए त सायद तिमिले यस्तो कुकार्य गर्ने थिएनौँ होला  ।

आज आएर गन्दा थाहा भयो, लगभग ११ बर्ष भएछ तिमीसँग चिनजान भएको। २०६६ सालको फागुन महिना थियो । गते ठ्याक्कै याद भएन मलाई । तिमिले पहिलो पटक फोन गरेर प्रेम प्रस्ताव राखेको दिन आजजस्तै लाग्छ मलाई । झल्झल्ती याद आइरहेको छ, मेरो मानसपटलमा ती दिन । अनि तिमीले बोलेका शब्दहरु आज पनि मेरा कानमा ठोक्किरहेको महुसुस भइरहेको छ प्रिय, मलाई । तिमिले पहिलो पटक फोन गरेर प्रेम प्रस्ताव राखेको दिन ठूलो पानी परेको थियो, याद छ तिमिलाई ? त्यहि भएर त आजकल ठुलो पानी परेको बेला पनि म तिमिलाई नै सम्झन्छु । अब तिमी नै भन यो वर्षात् मैले कसरी कटाए होला ?

तिमीलाई विगतका त्यो दिनहरु याद छन् या छैनन् त्यो त मलाई थाहा भएन । र अब याद गराउन पनि आवश्यक ठान्दिन म  । तिमीसँग बोलेको पहिलो दिनमा नै प्रेम स्विकार गर्ने मूर्ख पनि मै थिए । धेरैलाई थाहा छ, तिम्रो र मेरो घरको दूरी २० मिनेटको मात्रै छ । तिमीलाई पनि थाहा छ, तिम्रो मावली त मेरो घर छिमेकी । तिमी गाउँमै बस्ने, गाउँकी सोझी केटी । तिम्रो बोली व्यवहार अनि तिम्रो सबै कुरा ठीक लागेपछि तिमीले राखेको प्रेम प्रस्ताव स्वीकारेको थिए मैले ।

त्यतिबेला दिनमै कम्तिमा ५/६ पटक फोन गर्ने तिमी, आज मेरो फोन नं ब्लक लिस्ट मा राख्छौँ । यस्तो त मैले कहिल्यै कल्पनासम्म गरेको थिएन । तिमी यति सम्म घटिया, निच, पापी अनि धोकेवाज छौँ जस्तो लागेको थिएन मलाई । तर त्यो मेरो गलत सोचाई रहेछ । मैले तिमिलाई यति विश्वास गरेको थिए कि त्यति विश्वास अहिलेसम्म न कसैलाई गरेको छु, न अब कसैलाई गर्ने नै छु । जब तिमीसँग म साइनो गाँस्दै थिए, त्यतिबेला तिमीले मसँग मायाको नाटक गर्छौ होला भन्ने कति पनि सोचेको थिएन । म सोच्थे, तिमिले गरेको हरेक माया अनि प्रेमका कुराहरु सत्य नै होला । तर तिमीले मसँग क्षणिक समयको लागि मात्र मायाको नाटक गरेकोरहेछौँ । जतिसुकै आदर्शको कुरा गरे पनि, माया अनि पिरतिको कुरा गरे पनि आखिर आफ्नो असली चरित्र देखाएर्र छोडेउ होईन मलाई ? तिमी भित्र जे थियो त्यहि आज देखायौँ । धेरै भन्नु छैन प्रिय, यति भन्नु छ, तिमिले म सँग विगतमा गरेका माया र आदर्शका कुराहरू आज माटोमा बिलाएर गएकी छौँ ।

मान्छे हेर्दा जस्तो देखिन्छ व्यवहार नि त्यस्तै हुन्न भन्ने कुरा तिमीले नै प्रमाणित गर्यौ । तिमीबाट मैले सिकेको मुख्य कुरा यही हो । किनकि तिमी जति सोझो र इमान्दार मान्छेले यसरी बाजी मारेर हिड्छौँ भन्ने मैले सपनामा नि सोचेको थिएन । साँच्चै एकपटक सोचौँ न प्रिय, तिम्रा प्रेमिल वातहरू र मायादेखि विवाहसम्म पुगेर हामीले देखेको स्वर्णिम सपनाहरू । हा..हा.. कति वकफास हुन्छ है प्रेम । हाँसो लाग्छ, मलाई ती दिनहरु सम्झेर अनि जति हाँसो लाग्छ नी प्रिय, त्यसको दोब्बरभन्दा कयौँ गुणा बढी आँशु झर्छ केवल तिम्रो यादमा । र जति आँशु झर्छ नी, हो त्यसैको दोब्बरभन्दा दोब्बर तिमीलाई या भनम् तिम्रा ति झुटा प्रेमप्रति घृणा लाग्छ मलाई प्रिय । मात्र, घृणा ।

हामी एकअर्कामा राजी भएपछि २०७२ साल बैशाख १० गते सामाजिक तबरले मान्यजनको आशीवार्द लिँदै हामीले विवाह गर्यौ । ६ बर्षको लामो प्रेम सम्बन्धलाई बिवाहमा परिणत गर्न पाउँदा म आफैले आफैलाई भग्यमानि ठानेको थिए, त्यतिबेला । मैले तिम्रो सिउँदोमा सिन्दुर भर्न पाउँदा विश्वयुद्ध जितेजस्तो अनुभव गरेको थिए । त्यो दिनमा म यति खुसि थिए कि त्यो म अहिले सम्झन पनि सक्दिँन । त्यो दिनहरु सम्झने हो भने त मुटु नै भक्कानिएर आउँछ मेरो ? र सपना जस्तो लाग्छ मलाई । पुजारीको आग्रह अनुसार विवाह मण्डपमा हात समाती तीन फन्को घुमि अग्निलाई साचि राखी खाएका ती वाचा कसमहरु तिमिले चटक्कै भुल्छौँ जस्तो लागेको थिएन, प्रिय । विवाह मण्डप घुम्दा पुजारीले हात नछोडि घुम्नु पर्छ भनेपछि हत्तपत्त मेरो हात समात्न आउने पनि तिमी नै थियौ । तिमीले मेरो हात समातेर म अघिअघि तिमी पछिपछि घुम्दा म हल्का लजाए जस्तो गर्दा किन लजाएको नलजाउन भन्ने पनि तिमी नै थियौ । त्यस्तो मायालाई यति छिटो भुल्छौ जस्तो लागेको थिएन, प्रिय मलाई ।

बिहेभए पश्चात् फेसबुक फोनमा बधाई दिनेको कमि थिएन हामीलाई । आज ति दिन सम्झदा पनि कहालि लाग्छ अनि नि प्रिय, जिन्दगीमा र यो माया प्रेमको शब्द सुन्दा भित्र भित्रै रिस उठेर आउँछ । मायाप्रति मलाई यति धेरै वितृष्णा जगाउने तिमीजस्तालाई भन्न मन लागेको छ, तिमिलाई सच्चा मायाको अर्थ बुझाउन पनि जरुरत देखिन मैले । हुन त तिमी जस्ति मायालाई पैसामा दाँज्ने मान्छेलाई माया प्रेमको कुरा गर्नु त कथा सुनाएको जस्तो लाग्छ होला है । तिमिलाई यस्ता कुरा बुझिराख्ने फुर्सद पनि कहाँ नै छ होला र ? मायामा पनि यति धेरै स्वार्थ लुकेको हुन्छ जस्तो लागेको थिएन मलाई । बिवाह हुनपूर्व तिमीले मलाई तिम्रो नामको सिन्दुर र माया भए पुग्छ अरु मलाई केही चाहिदैन भन्ने पनि तिमि नै थियौँ होइन र ? ।

हरेकले आफ्नो विवाह भएको दिनलाई सम्झन्छन्, र तिमीलाई पनि थाहा छ प्रिय, आजभोलि त फेसबुकमा लेख्छन्, ‘ह्याप्पी एनिभर्सरी माई बुढो अर्थात् बुढी ।’ यसरी अरुले खुसी हुँदै विवाह भएको दिनलाई सम्झिरहँदा तिम्रै कारणले म भने हाम्रो विवाह भएको पवित्र दिनलाई कालो दिन भनेर मनाउन बाध्य छु । म घरको जेठो छोरो । त्यसैले पनि घरप्रतितिको मेरो जिम्मेवारी उच्च थियो । त्यस्तो परिस्थितिमा पनि तिमिलाई बुढा भएका बुबा आमा अनि भाईबहिनिलाई घरमा नै छाडि तिमिलाई गाउँमा दुःख अनि कष्ट हुन्छ भनेर घरमा आमा बाबा अनि अन्य आफन्तजनको अगाडी अनेक बहना बनाएर काठमाडौंको डेरामा राखे । तिमी एकपटक सम्झ त ती दिनहरु मलाई त्यो योजना बनाउन कति गाह्रो अनि कति अफ्ठ्यारो पर्याे होला ? मेरो बुबा आमाको एउटा मात्र अनि जेठी बुहारी र भाईबहिनिको एउटा मात्र भाउजु अनि मेरो श्रीमती तिमी त्यति बेला हाम्रो घरको हिरा थियौँ प्रिय ।

बिवाहपछि तिमिलाई गाउँमा राख्दा दुःख हुन्छ भनेर काठमाडौंमा राख्ने बिचार गरे र राखे पनि । केही समयसँगै राखेपछि तिम्रो सल्लाहमा तिमिलाई सुखी अनि खुसीसँग राख्ने सपना बोकेर सुन्दर भविष्यको भारी बोकेर विदेशिए म । त्यो मेरो रहभन्दा बढ्ता बाध्यता थियो, तिमीलाई थाहै छ । मायाले मात्र पुग्ने भएको भए मुनालाई एक्लै छाडेर किन जान्थे र लासा मदन । इतिहास काफी छ प्रिय, हामीले पढेका छौँ । आफ्नो घर परिवार अनि मेरो प्राणभन्दा प्यारी तिमिलाई छोडेर जान त मलाई पनि कहाँ इच्छा थियो र ? नचाहँदा–नचाहँदै पनि बिदेशिन बाध्य भएको थिए म । आफ्नो परिवार सँगै बस्ने रहर कसलाई हुँदैन र ? त्यसरी नै मलाई पनि तिमीसँग बस्ने रहर अनि चाहना नभएको होइन प्रिय । तर, परिवारको खुसिको लागि पनि बिदेशीन बिबश हुन्छन् नेपालीहरु, त्यसमा म पनि परे ।

तिमिलाई छाडेर विदेशिने मन थिएन मेरो । तर, पनि समयले मान्छेलाई पर्खँदैन भन्ने सम्झेर तिमिले समातेका हातहरु मन नलाई नलाई जवरजस्ती छुटाएर एउटा झोला बोकेर एयरपोर्ट भित्र तिर लागेको थिए म । मनमा धेरै कुराहरुले डेरा जमाए पनि आफ्नो मनलाई सम्हाल्नु बाहेक अरु केही विकल्पन थिएन मसँग । अनि सब पार गर्दै विमान चढ्न लाग्दा आँशुका थोपा आँखाबाट तप्पतप्प झरेको थियो, केवल तिम्रो सम्झनामा । विमानभित्र धरर खसेकोा मेरो आँशुको मूल्य कति थियो, तिमिीलाई के थाहा ।

बिदेशमा बगाएको पसिनाको मूल्य मैले तिमीलाई पठाएको थिए । केवल विश्वासको आधारमा । खाडीको ५० डिग्रीको टन्टलापुर घाममा, त्यहाँको तातो हावा, तातो बालुवासँग संघर्ष गर्दै नौ तला माथिबाट एउटा डोरिमा झुन्डिएर जीवनलाई मृत्युुको दोधारमा राखेर खुकुरीको धारमा बसेर दस नङरा खियाई खाई नखाई मरुभूमिमा अरुको देशमा न कुनै दिन सुत्ने ठेगान भयो न खाना खाने ठेगना नै भयो न कुनै चाडपर्व को अनुभव गर्ने मौका नै पाउँथे । तिमीलाई के थाहा, मैले विदेशमा बगाएको पसिनाको मूल्य ।

बल्ल वर्षमा एकदिन आउने तीजमा ब्रत बस्दा समेत, हजुरको लामो आयुको लागि म केही नखाई ब्रत बसिरहेको छु भन्दै फोन गरेर महान्ता देखाउने तिमीलाई के थाहा प्रिय, तिम्रो लागि म हरदिन ब्रत बसेको छु भनेर ।

अझ अर्को कुरा त तिमिलाई भन्न झण्डै भुलेको मैल । तिमिले खाना खायौँ नि होइन ? भनेर सोध्नेवित्तिकै भोको पेटमा खुसी हुँदै खाए भन्ने जवाफ फर्काउथे म । तिम्रो खुसीका लागि म हर पीडा सहन तयार थिए । त्यो मेरो रहर होईन बाध्यता थियो । मैले हिजो त्यति दुःख गरेर कमाएको रगत र पसिनाको पैसामा आज तिमी होलि खेलिरहेकी छौँ ।

तिमिले त्यो गलामा लगाएको सुनको सिक्रि, कानमा लगाएको झुम्का, हातमा लगाएको बालामा मेरो रगत र पसिना बगिरहेको छ । तिमिले लगाएको हरेक गरगहनामा मेरो नाम जोडिएको छ । तिमिले बाहिर हिड्दा डुल्दा मेरो नाममा लिएको गहना कसरी लगाएर हिड्न सकेकी छौ ? के जवाफ छ तिमीसँग ? मलाइ जवाफ चाहिन्छ । हो, ठीक छ तिमिलाई म मन परेन । तर अनि मैले दिएको गरगहना चाहिँ किन त्यति मन पर्यो ? वाह ! कति घिनलाग्दो प्रेम रहेछ तिम्रो ।

जब श्रीमान नै नचाहिएपछि तिमिलाई त्यहि श्रीमानले कमाएको सम्पत्ति किन चाहियो ? तिमिलाई मन नपर्ने मान्छेको नामले बनाएर दिएको गरगहना कुन मनले लगाएर हिड्छौ ? जवाफ के छ तिमीसँग । यो प्रश्नको जवाफबाट भाग्ने छुट छैन तिमीलाई ।
नजिक बस्दा तिमिलाई मैले बगाएको पसिनाको गन्ध आयो । कैयौँपटक तिमी आफँैले भनेको कुरा हो यो । तर, त्यही पसिनाले किनेको सिक्री लगाउँदा एकपटक पनि गन्ध आएन तिमीलाई ? मलाई सोध्न मन लागेको छ । आखिर तिम्रो पनि दाजु भाई विदेशमा होलान्, एकपटक उनीहरुलाई सोध, बिदेशमा अरुको गुलामी गर्न कति गाह्रो हुन्छ भनेर, अनि थाहा पाउँछौँ त्यो गन्धवाला पसिनाको मूल्य ।
वाह ! कति गजबको प्रेम रहेछ, तिम्रो, दुनियाँभर कहीँ नभएको । श्रीमान अनि उसको हरेक गतिविधि मन नपर्ने, तर उसको पसिनाले कमाएको मूल्य चाहिँ मन पर्ने ? तिमीजस्ता सम्पतिप्रिय मान्छेहरुलाई बेला–बेला सम्झाउन मन लाग्छ, ‘पैसाले माया किन्न सक्दैन ।’ तर, तिमीले माया होइन, पैसा रोज्यौँ ।

मेरो कुनै वास्ता नभएको तिमीलाई सम्पतिको कति वास्ता छ ? त्यो मैले भन्नै पर्दैन, तिम्रो व्यवहारले देखाइसकेको छ । आज आएर पुष्टि भयो, कि तिमिले मसँग होइन रहेछ सम्पतिसँग प्रेम गरेको रहिछौँ । त्यहि भएर त पैसा पायौँ अनि त्यहि पैसा लिएर गयौँ । मसँग प्रेम गरेको भए त मेरो साथमा हुने थियौ नि होईन त ? पक्कै पनि तिमिमा अलिकति पनि मानबता अनि दया धर्म भन्ने कुरा रहेनछ है ।

जब ब्यबहारमा परिन्छ, तब बल्ल मान्छे चिनिने रहेछ । मैले पनि व्यहारमा परेर आज तिमिलाई चिन्ने मौका पाए । बुढापाकाले भन्ने गर्थे, श्रीमती भन्ने जातलाई धेरै माया र बिश्वास गर्नुहुन्न, हुन त सबै श्रीमती त्यस्ता हुँदैनन्, तर तिम्रो हकमा सत्य यही नै हो । तिम्रो माया देखेर तिमीजस्तालाई भन्न मन लागेको छ, केटि मान्छे पैसाको लागि नाटकी बिवाह गर्छन्, पैसा धुत्छन, आफप्नो स्वार्थ पूरा गर्छन् ।
अहिले आएर त यस्तो लाग्छ, मेरो जीवनमा आएपछि लाखौँलाख पैसा देखेपछि के गरुम र कसो गरुम भयो अनि श्रीमानको दु : ख को पसिना कुम्ल्याएर जान अलिकति पनि लाज लागेन है तिमीलाई ? तिमी नारिको नाममा कलङ्कित नारि रहेछौ तिमिलाई नारि भनेर सम्बोधन गर्न पनि घिन लागेर आउँछ मलाई, हृदयभित्रबाट भनिरहेको म यो कुरा ।

आखिर तिमीले ‘चुइगम’ जस्तै बनायौँ मलाई । रस आउन्जेल चुसि रहौ, चपाई रह्यौ अनि रस आउन छाडेपछि बिच बाटोमा थुकिदियौ । कहिले कसैको जुत्तामा त कहिले कुनै गाडिको टायरमा टासिएर हिड रहेको छु आज म ।

तिमिलाई एकदिन त्यो मेरो रगत र पसिनाले अवश्य पोल्ने छ त्यो दिन आउन अनि मैले देख्न बाँकि नै छ । अरुको पैसाले केही समय सुख त मिल्ला मिल्दैन भन्न म सक्दिन तर म ग्यारेन्टिको साथ भन्न सक्छु मनमा शान्ति भने कहिले पनि मिल्दैन यो कुरा को तिमिलाई याद होस । कुनै मोडमा तिमीलाई पनि मेरो याद आउला जिन्दगीमा सधै सही मान्छेसँग भेट नहोला तिम्रो पनि । तिमिलाई यो कुराको पनि याद होस् कि यथार्थ माया र इज्जत पैसा मा किन्न पाईदैन ।

तिमिलाई मैले झुसिलकिरोको आकारमा आफ्नो जिवनमा शरण दिएर प्रवेश गराएको हो । तर आज आफ्नो स्वार्थको लागि मेरो रगत पसिनाको कमाई चुसी पुतलीको आकारमा उडी गयौँ ।

“साथ छोडे सम्बन्ध त सकिएला तर माया र यादहरू सकिनको लागी त यो दुनिया छाड्नै पर्ने रहेछ । अन्तमा बिगतमा जे सुकै भए पनि तिम्रो अबको बाँकि जीवन जोसँग रहेपनि हासि खुशि रहनु, मलाई जस्तो नठग्नु, विच सडकमा छोडी नजानु, तिमिलाई सदैव सफलताको अग्रिम शुभकामना दिन चाहन्छु । मैले दिन सक्ने यही शुभकामना मात्रै हो अब । तिमीलाई शुभकामना दिन त मैले छुटाउने कुरै भएन ।

मैले सुनेको छु तिमी आजभोलि धर्म गर्नको लागि मठ मन्दिरमा धाउन थालेकी छौ रे । धर्मको नाममा तिमी मन्दिर धाउदैँ छौ भन्ने सुन्दा पनि हाँसो लागेर आउँछ मलाई । तिमी जस्तो मनमा पाप भएको मान्छे मन्दिर जस्तो पबित्र ठाँउमा टेक्न कसरी सकेकी होला है ? मन्दिर जस्तो ठाउँमा टेक्दै गर्दा तिमिले एक फेर पनि सम्झेनौँ, बिगतलाई ? तिमिले जति पाप गर्नु थियो त्यो गरिसकेउ अब मन्दिर गएर वा सप्ताहको पुराण नै लगाए पनि तिमीले गरेको पाप पखालिदैँन ढुक्क भएर बस्दा हुन्छ । कोठामा कुनै पोष्टरलाई भगवान मानेर पुजा गर्न भन्दा आफू भित्र भएको बिचारलाई भगवान मानेर पुजा गर । बस्, यति भन्छु आजलाई ।
दिपक देवकोटा
(सत्य घटनामा आधारित)
गोरखा अजिरकोट गाउँपालिका–५
हाल काठमाडौ बनस्थलि ढुङ्गेधारा


सामाजिक संजालवाट साभार