पतिले हिर्काउदा पत्निको ज्यान गयो

१४ कार्तिक २०७६, बिहीबार ०७:२४ मा प्रकाशित
उज्यालो संवाददाता

 

सुनसरी । पतिको कुटाइबाट सुनसरीको धरान–१५ स्थित खोरियाबस्ती बस्ने २३ वर्षीया जिना राईको मृत्यु भएको छ ।

बुधबार राति करिब ९ बजे जिना र उनका पति अर्जुनबीच झगडा भएको थियो । पतिसँग घरायसी विवाद बढेपछि जिना घरबाट निस्केर बाहिर जाँदै गरेको अवस्थामा उनलाई पतिले हिर्काएका थिए ।

प्रहरीका अनुसार ३१ वर्षीय अर्जुनले जिनालाई पछ्याउदै ढुंगाले टाउकोमा प्रहार गर्दा जिनाको घटनास्थलमै मृत्यु भएको हो । श्रीमतीको हत्या गरी फरार राईलाई राति सबा ११ बजे नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।


सामाजिक संजालवाट साभार