राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल

१३ कार्तिक २०७६, बुधबार ११:०५ मा प्रकाशित
उज्यालो संवाददाता

 

काठमाडौं । राष्ट्रिय क्रिकेट टिमको कप्तानको जिम्मेवारीमा ज्ञानेन्द्र मल्ल आएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले पारस खड्काले कप्तानबाट दिएको राजीनामा स्वीकृत गर्दै उक्त जिम्मेवारी मल्ललाई दिएको हो । खड्काले आइतबार इमेलमार्फत क्रिकेट संघमा राजीनामा बुझाएका थिए ।

संघको निलम्बन फुकुवा भएको भोलिपल्टै खड्काले पद छाड्ने घोषणा गरेका थिए । एक दशकसम्म राष्ट्रिय टिमको कप्तानी गरेका खड्कासँगै मल्ल उपकप्तानको भूमिकामा थिए । त्यस्तै संघले दीपेन्द्र सिंह ऐरीलाई उपकप्तानको जिम्मेवारी दिएको छ । यू–१९ टिममा कप्तान रहिसकेका उनको फ्रेन्चाइज लिग टिमको पनि नेतृत्व गरिसकेको अनुभव छ ।


सामाजिक संजालवाट साभार