कस्तो अचम्म ! सिक्का तथा थुप्रै चीजहरू सजिलै टाँसिन्छन यि बालकको शरीरमा

१३ कार्तिक २०७६, बुधबार ०१:४८ मा प्रकाशित
उज्यालो संवाददाता

सुन्दा पनि पत्यार नलाग्न सक्छ । बोस्निया–हर्जगोभिनामा एक बालक छन् उनको नाम एर्मान डेलिक्स हो । ती बालकको शरीर चुम्वक जस्तै छ । उनको शरीरमा चम्चा सिक्का तथा थुप्रै चीजहरू सजिलै टाँसिन्छन् ।

ती बालकको शरीर देखेर डाक्टरहरू तीन छक परेका छन् । ती बालकका बाआमा पनि छोराको यस्तो अस्वभाविक कृत्य देखेर हैरान छन् । उनका परिवारले उनलाई डाक्टरको देखाउन लग्दा डाक्टरहरू तीन छक्क परेका हुन् । बच्चाको शरीरबारे अध्ययन गरेपनि डाक्टरहरूले बच्चालाई यस्तो हुनुको कारणबारे कुनै चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् ।

कार्टुन र स्वैरकाल्पनिक कथाहरूमा मात्र यस्ता चरित्रहरू यदाकदा पाइने गरेका छन् जसको शरीरमा धातुहरू टाँसिन्छन् । चिकित्सक र बैज्ञानिकहरूदे मान्छेको शरीरमा भएको एकखालको ग्रिजी (चिप्लो) छालाको कारण यसरी सामानहरू टाँसिएको मान्ने गर्छन् ।


सामाजिक संजालवाट साभार