र्‍यापर ‘भिटेन’ छुटे

९ कार्तिक २०७६, शनिबार ००:५३ मा प्रकाशित
उज्यालो संवाददाता

काठमाडौं ।  चर्चित र्‍यापर समीर घिसिङ ‘भिटेन’ साधारण तारिखमा रिहा भएका छन् ।

अभद्र व्यवहारको आरोपमा म्याद लिई थुनामा राखेका र्‍यापर भिटेनलाई प्रहरीले शुक्रबार राति छाडेका हुन ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले विहीबार उनलाई ललितपुरको जाउलाखेलबाट पक्राउ गरेको थियो ।

‘यस्तै त हो नि ब्रो’ बोलको गीतमा भएका शब्दहरु र फेसबुकमा राखेको तस्वीरका आधारमा उनलाई पक्राउ गरिएको थियो । पक्राउ परे लगतै उनको यो गीतलाई युट्युबबाट हटाउने लगाइएको थियो ।


सामाजिक संजालवाट साभार