मिर्चैया बिधुत प्राधिकरणको सक्रियता चुहावट घट्यो

८ कार्तिक २०७६, शुक्रबार ०२:३२ मा प्रकाशित
गणेश कुमार ठाकुर

सिरहा। नेपाल बिधुत प्राधिकरण वितरण केन्द्र मिर्चैयाले बिधुत चुहावट नियन्त्रण गर्न सक्रियता बढाएको छ । बिधुत चुहावट नियन्त्रण प्रक्रियाको तहत प्राधिकरणले मिटर चोरीबाट ७९ हजार ८ सय ९ रुपैया जरिवाना र हुकिङ्ग गरी चुहावट गरेको बाट ३८ हजार ३ सय ७६ असुलि गर्न सफल भएको मिर्चैया बिधुत प्राधिकरण वितरण केन्द्रको प्रमुख ईन्जिनियर दिग्मबर यादवले बताए ।

प्रमुख ई.यादवले रिसिलिङ्ग ८ सय मिटरमा गरेको र बिधुत चोरी ११ वटा मिटरमा भएको बताए । त्यसतै बिना सुचना लाईन कट्टा ४ सय ३ वटामा गरि साउन देखि अहिले सम्म ३ महिना भित्रै चुहावट नियन्त्रण ब्यबस्थित पार्दै जम्मा ४२ लाख २१ हजार ३ सय ६७ रुपैया असुलि गर्न सफल भएको र नियमित रुपमा विजुलि बिल नतिर्नेहरुको लाइन धमाधम काटिदै गरेको बताए । हाल बिधुत चुहावट हदै सम्म नियन्त्रण भएको बुझिएको छ ।


सामाजिक संजालवाट साभार