नेकपा काभ्रेकी अध्यक्ष चौलागाईको आह्रवान, ‘निम्तोपत्र प्राप्त नभए पनि चियापानमा आउनुहोला’

७ कार्तिक २०७६, बिहीबार १४:४९ मा प्रकाशित
उज्यालो संवाददाता

काभ्रे । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेकी अध्यक्ष रुकु चौलागाई (रचना) ले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा उपस्थित हुन सबैलाई अपिल गरेकी छन् । नेकपा काभ्रे जिल्ला कमिटिले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार (कार्तिक ८ गते) आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रममा उपस्थीतिको लागि अध्यक्ष चौलागाईले अपिल गरेकी हुन् ।

अध्यक्ष चौलागाईले उज्यालो नेटवर्कसँग भनिन्, ‘हाम्रो पार्टीको तर्फबाट सबैलाई निम्तो पठाएका छौँ, यदि निम्तो नपाउनुभएको भएमा पनि उक्त शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रममा गरिमामय उपस्थितिका लागि सम्बद्ध सबैमा हार्दिक निमन्त्रणा गर्न चाहन्छु ।’

कार्यक्रम बिहान ११ बजेदेखि सुरु हुने जनाएको छ ।


सामाजिक संजालवाट साभार